‘अनमोलसँग खेल्ने प्रस्ताव आएको छैन’ : साम्राज्ञी



हाम्रो इकोनोमि

 

 

फिल्म ‘ड्रिम्स’ मा नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडीलाई दर्शकले रुचाए

। भुवन केसी निर्देशित फिल्म हिट भयो ।

साम्राज्ञी पनि हिट भइन् । तर अनमोल र साम्राज्ञी ड्रिम्स पछि दोश्रो फिल्ममा देखिएका छैनन् । किन त ?

गत शुक्रबार फिल्म ‘मारुनी’ को मुर्हतमा साम्राज्ञीले अनमोल सँग फिल्ममा नदोहोरिनुको कारण खुलाइन् ।

‘मलाई र अनमोललाई लिएर फिल्म बनाउँन कसैले पनि प्रस्ताव राख्नु भएको छैन’, साम्राज्ञीले सुनाइन् ।

प्रस्ताव आयो भने खेल्नु हुन्छ त ? उनले भनिन्, ‘नखेल्ने भन्ने त कुरै हुँदैन । राम्रो स्क्रिप्ट आयो भने पक्कै पनि खेल्छु ।’

यस्तै उनले अनमोलको नयाँ फिल्म ‘क्याप्टेन’ को ट्रेलर पनि मन परेको प्रतिक्रिया दिइन् ।

साम्राज्ञी यतिबेला ‘मारुनी’को वर्कसपमा व्यस्त छिन् भने अनमोल फागुन १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘क्याप्टेन’ को प्रचारमा व्यस्त छन् ।

अनमोल र साम्राज्ञीलाई लिएर कसले बनाउँला त दोश्रो फिल्म ?

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...