यीनै हुन् सिडिओ र एसपीको गाडी दुर्घटना गराएर हत्या गर्ने ड्राइभर, यसरी खुल्यो रहस्यको पोको
जागिर सवारी चालकको भनेर के गर्नु रु सम्पत्ति करोडौँको छ । सदरमुकामको सबभन्दा राम्रो घर, काठमाडौंको अनामनगरमा नेपाल सरकरका पूर्वसचिवसँगैको घर, जिल्लामा मधेसीमूलका सिडिओ ल्याइदिने नेताको चुनाव खर्चको दोब्बर पैसा दिने प्रलोभन ।
प्रसंग हो, बाराका सशस्त्र एसपी बलराम पोखरेलको र प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईज्यान जाने गरी गाडी दुर्घटना गराउने चालक जयनारायण राउत कुर्मीको । कर्मचारी मिलन केन्द्रले निजगढस्थित हिरालाल पार्कमा आयोजना गरेको पिकनिकबाट फर्किनेक्रममा गत माघ १२ गते पसाहा पुलनजिक दुर्घटना भएको ना १ झ १६३३ नम्बरको गाडी दुर्घटना हुँदा उक्त घटना भएको थियो ।
तर, घटनाका सबै कुरा हेर्दा एसपी र सिडिओको ज्यान लिने नियत भेटिएपछि अहिले घटनाले अर्कै रुप लिन थालेको छ । देखाउने पेशामात्र ड्राइभरी, गर्ने कामचाहिँ तस्करीको सेटिङदेखि ठूला–ठूला धन्दामा बिचौलिया हुने ।
अहिले उनीमाथि शंका भएर अनुसन्धान प्रक्रिया अगाडि बढिरहँदा बारामा सिडिओ चलाएर बसेकै हाकिमहरु उनलाई दुःख नदिनु भनी ठाउँ–ठाउँ धाइरहेका छन् भने उनका माग र चाहना पूरा नगरिदिएका हाकिमहरु चाहिँ उनका कारण ज्यानको बाजी लगाएर बाराबाट फर्किनुपरेका कुरा सुनाइरहेका छन् ।
अहिले कुर्मी सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा छन् । तर उनलाई बचाउन र छुटाउनका लागि उच्च पदस्थ प्रशासकहरु नै हात धोएर लागेका छन् ।
२० बर्ष अगाडि हात मुख जोड्न धौ÷धौ पर्ने केटा । चलचित्र निर्माता सुशील चौलागाईहरुलाई हार गुहार गरेर उनी गाडीचालक बने । अहिले उनीसँग झण्डै २० करोड माथिको जायजेथा रहेको बताइन्छ । कतिसम्म भने,उनले भर्खरै छोरीको विवाह छिनेका छन् । दाइजो मात्र ५० औं लाख नगद दिने सहमति गरिसकेका छन् । अब प्रश्न उठ्छ एउटा मामुली सवारी चालकसँग् कहाँबाट र कसरी थुप्रन्छ यत्रो सम्पत्ति ।
दुर्घटनामा घाइते बाराका सिडिओ भट्टराईको निधन
सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारका क्रममा निधन भएको छ। उनको उपचारका क्रममा सोमबार दिउँसो निधन भएको थियो
गत माघ १२ गते साँझ भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो। एसपी पोखरेलको घटनास्थलमै निधन भएको थियो।

कलैयाबाट निजगढ जाने क्रममा ना १ झ १६३३ नम्बरको स्कारर्पियो गाडी दुर्घटना हुँदा बाराका प्रजिअ भट्टराई गम्भीर घाइते भएका थिए। तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकामा उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।


