काँग्रेस सांसदले पशुपतिको गीत गाए एक महिनाको तलब दिने नेकपा सांसदको घोषणा



हाम्रो इकोनोमि

 

पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको विवादित गीतको बहस संसदमा पनि प्रवेश गरेको छ । संसद बैठकमा समेत यसको पक्ष र विपक्षमा सांसदरुले कुरा राखेका छन् ।

 

सोमबार बसेको संसदको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको गीत गाएको भन्दै २५ हजार दिने घोषणा गरे । तर, नेकपाका सांसद झपट रावलले त्यसको काउन्टर गरे ।

 

विपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्टि जनाउँदै रावलले अमरेशलाई गीत गाउन सुझाए । उनले गीत गाए आफूले एक महिनाकै पारिश्रमिक उपलब्ध गराउने राववले बताए । ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु’, रावलले भने ।

 

पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने कांग्रेस सांसदको घोषणा

 

गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

 

पशुपति शर्माले गाएको लुट्न सके लुट कान्छा बोलको गीतमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनले गरेको विरोधप्रति लक्षित गर्दै सांसद सिंहले पुरस्कार घोषणा गरेका हुन् ।

 

‘त्यस्ता जनबोली गाउने गायकलाई म आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गर्न चाहुन्छु’ उनले भने । दुई तिहाइको विरोधमा गीत बनाउन पाइन्छ भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको पनि आरोप लगाए । सिंहले भने ‘दुईतिहाई सरकारका अगाडि त्यस्तो गीत गाउन पाइन्छ, जनताको भावना व्यक्त गर्न पाइन्छ ?,

 

त्यस्तोलाई त मुखमा ताला लगाउनुपर्छ, सुन्नेलाई कानमा मर्करी या सीसा पगालेर राख्नुपर्छ सरकारको यस्तो बुझाइले लोकतन्त्र कहाँ हो ?’ उनले सरकारले वुद्धिजीवि र कलाकारको भावनालाई सम्मान गर्न सक्नुपर्ने पनि बताए ।

 

पशुपति शर्मालाई प्रचण्डका ज्वाइँले साथ दिएपछि ओलीलाई तनाब

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँले जीवन आचार्यले गायक पशुतपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ बोलको गीत मन परेको टिप्पणी गरेका छन् ।

 

कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले गायक शर्माको गतिलाई प्रतिबन्ध लगाएको अर्को दिन आचार्यले ‘लुट्न सके लुट् कान्छा’ भन्ने बालको गीतले आफूलाई भावुक बनाएको बताएका छन् ।

 

‘धेरै चर्चा परिचर्चापछि पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ भन्ने गीत पूरा भिडियो हेरे’, उनले फेसबुकमा लेखेका छन्, ‘यो गीत निकाल्न हुन्थ्यो हुँदैनथ्यो यो दोश्रो पाटो हो । वास्तवमा भन्ने हो भने यो गीतले मलाई चाहिँ भावुक बनायो ।’

 

‘प्रधानमन्त्री ज्यू अब ढिला नगरौं, म एउटा यूवाले राष्ट्रका लागि के गर्न पर्छ भन्नुहोस् मेरो एकमुट्ठी सास राष्ट्रका लागि… ता कि पशुपति शर्माहरूले फेरि यस्ता गीत गाउन नपाउन्’, आचार्यले भनेका छन् ।

 

कम्युनिस्ट सरकारले गायक शर्माको गीतलाई शनिबार रातिदेखि युट्युबबाट हटाउन लगाएको छ । शर्माको गीत हटाइएको विषयमा कम्युनिस्ट सरकारले कुनै पनि प्रतिक्रिया दिएको छैन ।

 

पूर्वएमाले निकटको नेपाल युवा संघले गायक शर्मालाई धम्की समेत दिएको छ । गीतले ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई तनाव दिएको भन्दै युवा संघले आपत्ति जनाएको हो ।युवा संघले गायक शर्मालाई बहिस्कार गर्न पनि भनेको छ । युवा संघले गायक शर्मालाई धम्की पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...