गंगामायाले पासपोर्ट लिएलगतै सत्ता र प्रतिपक्षका शीर्ष नेता आकस्मिक शीतल निवासमा !



हाम्रो इकोनोमि

 

प्रमुख सत्तारुढ दल नेकपाका दुई अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापतिसहित दुई प्रमुख नेता आइवार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा पुगे । गंगामाया अधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पासपोर्ट लिएलगतै सत्ता र प्रतिपक्षका चार नेता शीतल निवास पुगेका हुन् ।

 

उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएकी थिइन । राष्ट्रपतिको निमन्त्रणापछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बिजयकुमार गच्छदार शीतल निवास पुगेका थिए ।आइतवार साँझ पाँच बजे शीतल निवास पुगेका शिर्ष चार नेता र राष्ट्रपति भण्डारीबीच एक घण्टा छलफल चलेको थियो । छलफलको मुख्य केन्द्र संक्रमण कालिन न्याय र गंगामायाको पासपोर्ट थियो ।

 

संक्रमण कालिन न्यायलाई लिएर नेपालको शान्ति प्रक्रिया खलबल्याउन खोजेको आशंका गर्दै चार नेता शीतल निवासमा जम्मा भएका थिए । नेपालको आन्तरिक समस्यालाई लिएर केही अधिकारकर्मीहरु गंगामाया मार्फत अन्तर्राष्ट्रिय समुदाय गुहार्न लागेपछि मुख्य दुई दलले चासो देखाएका हुन् ।

 

त्यहाँ समसामयीक बिषयमा छलफल भएको देउवाका सहयोगी भानु देउवाले बताए । राष्ट्रपति, प्रधानमन्त्री र देउवाको सचिवालयले पछिल्लो घटनाक्रमलाई लिएर छलफलका भएको पुष्टी गरेपनि छलफलको बिषय भने गोप्य नै राखेका छन् । तर छलफलमा नेपालको शान्ति प्रक्रियालाई अन्तिम निस्कर्षम पुग्न नदिन केही पश्चिमा राष्ट्रहरु लागि परेको निस्कर्ष निकालिएको छ ।

 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार संक्रमण कालिन न्यायलाई लिएर देशी विदेशी केही तत्वहरु चलखेलमा जुटेपछि राष्ट्रपतिले दुई दलका शीर्ष चार नेतालाई शीतल निवास बोलाएकी थिइन । गंगामायालाई हतियार बनाएर केही तत्वहरुले नेपाललाई फेरि अशान्तितिर धकेल्न खाजेको नेताहरुले निस्कर्ष निकालेका छन् । यो मुद्दामा सत्ता र प्रतिपक्ष दलको सामान धारणा बनाउन राष्ट्रपति भण्डारीले चार नेतालाई शीतल निवास बोलाएकी थिइन ।

 

केही समयअघि संयुक्त राष्ट्रसंघका आवशीय प्रतिनिधिसँग गंगामायालाई भेटवार्ता गराएका ब्यक्तिहरुले नै आइतवार गंगामायाको पासपोर्ट बनाइदिएका छन् । अधिबक्ता ओमप्रकास अर्याल र सुरेन्द्र भण्डारी जिल्ला प्रशासन कार्यालय पुगेर गंगामायाको पासपोर्ट बनाएका हुन् । गंगामायालाई संयुक्त राष्ट्रसंघको मुख्यालयमा उभ्याउने तयारी उनीहरुले गरिरहेका छन् । युद्धका नाममा मानवताबादी अपराध गर्नेलाई नेपालमा कुनैपनि कारवाही नभएको संदेश विश्वमाझ दिन उनीहरुले खोजीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...