प्रचण्ड, देउवा र ओलीलार्ई महासंकट : गंगामायाले अन्तर्राष्ट्रिय अदालत ‘हेग’ तान्ने



हाम्रो इकोनोमि

 

 

नेपालमा न्याय नपाएपछि गंगामाया अधिकारीले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायसँग न्यायको लागी अपिल गर्ने भएकी छिन् ।

 

छोरा कृष्णप्रसादको न्यायका लागि लामो समयदेखि अनशनरत गंगामाया सरकारबाट न्याय नपाउने निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन युरोप जाँने भएकी हुन् ।

 

विदेश जानको लागी उनले आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट राहदानी ९पासपोर्ट० पनि लिएकी छिन् ।

गंगामायाको राहदानी बनाउन उनको पक्षमा लबिङ गर्दै आएका अधिवक्ता ओमप्रकाश अर्याल, बद्रीप्रसाद भुसाल तथा नेपाल मानवअधिकार संगठनका अध्यक्ष इन्द्र अर्याल बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

नेपाल मानवअधिकार संगठनका अध्यक्षसमेत रहेका अधिवक्ता अर्यालले अदालतका पछिल्ला निर्णयबाट न्याय पाउने आशा मरिसकेको जनाए ।

अन्तर्राष्ट्रिय समुदायसामु न्यायका लागि नेपाल सरकारलाई दबाब दिन आग्रह गर्न गंगामाया विदेश जान लागेको जनले जानकारी गराए ।

उनले भने, ‘नेपालले उहाँलाई न्याय दिन चाहँदैन र सक्दैन भन्ने कुरा पुष्टि भइसक्यो, किटानी जाहेरी दिएका सबै व्यक्तिलाई अदालतले सफाइ दिइसकेको छ’ उनले अगाडी थपे, ‘बाँकी एउटा व्यक्ति जो विदेशमा छन्, उनलाई झिकाउन सरकार चाहन्न ।

अनि कसरी न्यायको आशा गर्ने रु ’ हत्यामा संलग्न रहेको आरोप लागेका रुद्र आचार्य बेलायतमा भएको उनको ठहर छ । न्याय नपाएको भन्दै पुस २५ गते गंगामाया ‘न्याय खोज्न म कहाँ जाऊँ रु’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर पुल्चोकस्थित राष्ट्रसंघ भवन पनि पुगेकी थिइन् । तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वमा आफ्ना छोराको हत्यारामाथि कारबाही नभएको भन्दै गंगामाया आन्दोल गर्दै आएकी छिन् ।

छोरा कृष्णप्रसादको न्यायका लागि लामो समय अनशन बसेका पति नन्दप्रसाद अधिकारीको यसअघि नै निधन भएको हो । अधिकारीको शव अझै पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

राष्ट्रिय मावनअधिकार संगठनका अध्यक्षसमेत रहेका अर्यालले भने ‘राज्यले नै न्याय नदिएपछि यसको विकल्प खोज्नुपर्ने स्थिति आएको हो । स्थानीय तहको न्यायिक निकायबाट न्याय पाउने आशा मरिसकेपछि अन्तर्राष्ट्रिय समुदायमाझ जानुको विकल्प छैन ।”

गंगामायाले राहदानी बनाए पनि सरकारले विदेश जान अनुमति दिने नदिने बारेमा भने कुनैं निष्कर्ष नआएको उनले जानकारी गराए । उनी हेग स्थित अन्र्तराष्ट्रिय अदालत समेत जाने बुझिएको छ ।

यदि उनले यो मुद्धा अन्र्तराष्ट्रि अदालतमा पेश गरे तत्कालिन द्धन्द्धका अधिकांश घटना नजिर बन्न सक्छन् । जसले तत्कालिन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, त्यतिबेलाका शासक ज्ञानेन्द्र शाह देखि शेर बहादुर देउवा समेत फस्नेछन् । त्यो न्याय सम्पादनमा सकारात्मक भूमिका नखेलेको आरोपमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत असर पर्नेछ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...