पुलवामा अर्को शक्तिशाली आक्रमण ६२ जना मारिए !



हाम्रो इकोनोमि

 

 

सीआरपीएफमा आतंकवादी आक्रमणको पहिलो बदला पुलवामा लिइएको छ । सेनाले जैशका दुई आतंककारीलाई मारेको जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मारिने व्यक्ति पुलवा आक्रमणका मुख्य योजनाकार रहेका थिए ।

आज बिहान विशेष अप्रशनमा निस्केको भारतीय सेनाले विशेष सुचनाको आधारमा पुलवाको पिंगलनमा आक्रमण गरेको थियो ।

बिहिबार भएको आक्रमण स्थल देखि झण्डैं दश किलोमिटरको दुरीमा आतंकवादी लुकेर बसेको विशेष जानकारी आधारमा भारतीय सेनाले आज बिहान तीन बजे तिर आक्रमण गरेको थियो ।

जसमा दुई आतंकवादी, चार भारतीय र सैनिक र एकजना सर्वसाधारण मारिएका छन् ।

कश्मीर क्षेत्रमा भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरुको संख्या आजसम्म ६२ पुगेको छ ।

अँगालो हालेर सुताउने अनौठो जागिर ! घण्टाको ८ हजार शुल्क

कसैले अंकमाल गरेर पनि पैसा कमाउँदो रहेछ । एकजना महिलाले पैसा कमाउनका लागि यो अनौठो कामको अन्वेषण गरेकी छन् । पछिल्लो समय एकजना महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् । उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अंकमाल गरेर सँगै सुत्छिन् । निकै प्रेमभावमा अंकमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् ।

 

अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो । मानिसहरुलाई अंकमाल गरी आलिंगनमा राखेर सुताएकै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन् ।

 

मेरी एकजना व्यवसायिक सुसारे हुन् । उनले आफ्नो त्यो अनौठो सर्भिसद्वारा ग्राहकहरुलाई रिल्याक्स महसूस गराउँदछिन् । उनका अनुसार यसो गर्दा मानिसको शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जन हुन्छ । यसले मानिसलाई केवल खुसी दिलाउने मात्र होइन, तनाव पनि कम गरिदिन्छ । यस्तो थेरापीको एउटा सेसन १ देखि ४ घण्टा सम्मको हुन्छ ।

 

अंगालो हालेर सुताउने त्यो पद्धतिको लागि मेरीले केही कडा नियम बनाएकी छिन् । उनीसँग सुत्ने ग्राहकले पूर्णरुपमा जिउमा कपडा लगाएको हुनुपर्दछ र त्यस अवधिभर कुनै यौन सम्पर्कको इच्छा व्यक्त गर्नु हुँदैन । गर्मी महिनामा जाँगे लगाउन पाइन्छ तर जाँगे निकै छोटो हुनु हुँदैन ।

 

उनीसँग अँगालो हालेर सुत्नका लागि पुरुष तथा महिला समेत आउने गरेका छन् । त्यस्तै विवाहित दम्पत्तिहरु, अविवाहित तथा एकल महिला र पुरुषहरु पनि आउँदछन् ।

 

मेरी आफैं पनि प्रेममा छिन् । उनको त्यो अपरिचितलाई अँगालो हालेर सुत्ने पेशालाई उनका ब्वायफ्रेण्डले कुनै दखल पुर्‍याएका छैनन् । त्यो कुनै यौनिक कार्य होइन र एउटा थेरापी मात्र हो भन्ने कुरा आफ्नो प्रेमीलाई जानकारी रहेको उनको भनाइ छ ।

यो पेशाले आफू स्वयंलाई पनि फाइदा भएको उनी बताउँछिन् । अहिले आफूलाई मिठो निद्रा लाग्ने, तनाव कम भएको र जिउमा स्फूर्ति पनि बढिरहेको उनको भनाइ छ ।

एजेन्सी

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...