पुलवामा अर्को शक्तिशाली आक्रमण ६२ जना मारिए !



हाम्रो इकोनोमि

 

 

सीआरपीएफमा आतंकवादी आक्रमणको पहिलो बदला पुलवामा लिइएको छ । सेनाले जैशका दुई आतंककारीलाई मारेको जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मारिने व्यक्ति पुलवा आक्रमणका मुख्य योजनाकार रहेका थिए ।

आज बिहान विशेष अप्रशनमा निस्केको भारतीय सेनाले विशेष सुचनाको आधारमा पुलवाको पिंगलनमा आक्रमण गरेको थियो ।

बिहिबार भएको आक्रमण स्थल देखि झण्डैं दश किलोमिटरको दुरीमा आतंकवादी लुकेर बसेको विशेष जानकारी आधारमा भारतीय सेनाले आज बिहान तीन बजे तिर आक्रमण गरेको थियो ।

जसमा दुई आतंकवादी, चार भारतीय र सैनिक र एकजना सर्वसाधारण मारिएका छन् ।

कश्मीर क्षेत्रमा भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरुको संख्या आजसम्म ६२ पुगेको छ ।

अँगालो हालेर सुताउने अनौठो जागिर ! घण्टाको ८ हजार शुल्क

कसैले अंकमाल गरेर पनि पैसा कमाउँदो रहेछ । एकजना महिलाले पैसा कमाउनका लागि यो अनौठो कामको अन्वेषण गरेकी छन् । पछिल्लो समय एकजना महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् । उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अंकमाल गरेर सँगै सुत्छिन् । निकै प्रेमभावमा अंकमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् ।

 

अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो । मानिसहरुलाई अंकमाल गरी आलिंगनमा राखेर सुताएकै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन् ।

 

मेरी एकजना व्यवसायिक सुसारे हुन् । उनले आफ्नो त्यो अनौठो सर्भिसद्वारा ग्राहकहरुलाई रिल्याक्स महसूस गराउँदछिन् । उनका अनुसार यसो गर्दा मानिसको शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जन हुन्छ । यसले मानिसलाई केवल खुसी दिलाउने मात्र होइन, तनाव पनि कम गरिदिन्छ । यस्तो थेरापीको एउटा सेसन १ देखि ४ घण्टा सम्मको हुन्छ ।

 

अंगालो हालेर सुताउने त्यो पद्धतिको लागि मेरीले केही कडा नियम बनाएकी छिन् । उनीसँग सुत्ने ग्राहकले पूर्णरुपमा जिउमा कपडा लगाएको हुनुपर्दछ र त्यस अवधिभर कुनै यौन सम्पर्कको इच्छा व्यक्त गर्नु हुँदैन । गर्मी महिनामा जाँगे लगाउन पाइन्छ तर जाँगे निकै छोटो हुनु हुँदैन ।

 

उनीसँग अँगालो हालेर सुत्नका लागि पुरुष तथा महिला समेत आउने गरेका छन् । त्यस्तै विवाहित दम्पत्तिहरु, अविवाहित तथा एकल महिला र पुरुषहरु पनि आउँदछन् ।

 

मेरी आफैं पनि प्रेममा छिन् । उनको त्यो अपरिचितलाई अँगालो हालेर सुत्ने पेशालाई उनका ब्वायफ्रेण्डले कुनै दखल पुर्‍याएका छैनन् । त्यो कुनै यौनिक कार्य होइन र एउटा थेरापी मात्र हो भन्ने कुरा आफ्नो प्रेमीलाई जानकारी रहेको उनको भनाइ छ ।

यो पेशाले आफू स्वयंलाई पनि फाइदा भएको उनी बताउँछिन् । अहिले आफूलाई मिठो निद्रा लाग्ने, तनाव कम भएको र जिउमा स्फूर्ति पनि बढिरहेको उनको भनाइ छ ।

एजेन्सी

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...