पशुपति शर्मा गीत प्रकरण : प्रचण्ड पक्षको समर्थन, ओली पक्षको बिरोध !



हाम्रो इकोनोमि

 

गायक पशुपति शर्माको गीत र त्यहाँ समावेश भएका शव्दका विषयमा नेकपाभित्रै पक्ष र विपक्ष खडा भएका छन् ।खासगरी राष्ट्रपति विद्या भण्डारीले प्रयोग गर्ने सेनाको हेलिकोप्टर र यमराजको शासन भन्ने शव्दमा आपत्ति जनाउँदै उनलाई गीत हटाउनका लागि दबाब दिइएको थियो ।

 

उक्त प्रकरण चर्चामा आउनासाथ खुमलटारले भने शर्माको पक्षमा बोलेको छ । नेकपाका अध्यक्ष मध्येका एक जना पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अवस्थाको चित्रण गरिएका कारण गीतमाथि कुनै पनि प्रकारको टिप्पणी गर्न नहुने बताएका थिए ।

 

उता, खुमलटारबाटै सकारात्मक टिप्पणी गर्दै प्रचण्ड पक्षधर नेता कार्यकर्ताले उक्त गीतको बचाऊ गरेका छन् । त्यस मध्येका एक जना अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष मदन चुडाल भन्छन्,‘कलाकारको सृजनाले के बोलेको छ भन्ने भावलाई नजरअन्दाज गर्न मिल्दैन, हामी लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा छौं भन्ने विषय सबैले बुझ्न आवश्यक छ ।’

 

यता, शर्माको गीतप्रति ओली समर्थित तथा युवा संघका नेता र कार्यकर्ताले दबाबसहित हटाउन चेतावनी दिएका थिए भने कतिपयले सामाजिक सञ्जालमा सरकारको बचाउ पनि गरेका थिए ।

 

सामाजिक सञ्जालमा ओलनिकट मिना श्रेष्ठले शर्माको गीतको सफ्ट आलोचना गरेकी छन् । उनले गायक मन पर्ने भए पनि यो गीतमा भएका शव्दचयन गलत भएको बताएकी छन् ।

 

खुमलटार स्रोतले भन्यो,‘हामीले राजाविरुद्ध गीत गायौं, क्रान्तिको एउटा प्रयोग पनि हो । तर, अहिले यस्तो अवस्थामा गीतमाथि घोषित या अघोषित प्रतिबन्ध गर्न मिल्दैन ।’

शर्माको गीतको पक्षमा प्रमूख प्रतिपक्षी भने खुलेरै समर्थमा लागेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखेका छन्,‘अब गीत पनि गाउन नपाइने कस्तो लोकतन्त्र ? यो लोकतन्त्र हो त ?’

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...