नेकपा सचिवालय बैठक सुरु, जनसंगठन र जिल्ला कमिटी एकताको एजेण्डामा छलफल जारी



हाम्रो इकोनोमि

 

पार्टी एकताको काम टुंग्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदलमाथि कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि आवश्यक निर्णय लिन सचिवालय बैठक बसेको हो ।

कार्यदलबाट टुंगो लाग्न नसकेपछि नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड आफैले प्रस्ताव तयार पारी एकता प्रक्रिया टुंग्याउनेगृहकार्य गरिरहनुभएको बेला सचिवालय बैठक बसेको हो ।

सचिवालय र स्थायी समिति बैठकमा प्रस्तुत गर्न अध्यक्षद्वय ओली र प्रचण्डले एकताको प्रस्ताव तयार पार्न पटकपटक छलफल गर्नुभएको थियो । हिजो पनि अध्यक्षद्वय ओली र प्रचण्डले लामो छलफल गर्नुभएको थियो ।

दुवै अध्यक्षले पछिल्लो कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई पनि बालुवाटार बोलाई अध्यक्षद्वयले आइतबार एकता गृहकार्यबारे छलफल गर्नुभएको हो । आजको बैठकमा एकतामा थप बिलम्ब गर्न नुहने धारणा अध्यक्षद्वयले राख्नुभएको छ ।

ओली र प्रचण्डले गत माघ २६ देखि नै तल्लो तह र जनवर्गीय संगठनको एकता प्रस्ताव तयार पार्न निरन्तर छलफल अघि बढाउनु भएको थियो ।

स्थायी समितिले गठन गरेको पछिल्लो कार्यदलले समय थप्ने माग बाहेक कुनै सहमतिजुटाउन नसकी प्रतिवेदन बुझाएको छ । आजको सचिवालय बैठकमा सोही बिषयमा समेत छलफल भइरहेको छ ।

नेकपाले केन्द्रीय निकायहरू (केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च), ३२ केन्द्रीय विभाग र भूगोलका ७७ जिल्लाको एकता टुंगो लगाउन बाँकी छ ।

त्यसैगरी पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, चार विशेष जिल्ला कमिटी र तिनलाई नेतृत्व गर्ने प्रदेशसरहको विशेष कमिटी, सम्पर्क समन्वय कमिटी, प्रदेश सम्पर्क कमिटी गठन गर्न पनि नेकपाले सकेको छैन ।

 

प्रवास क्षेत्रको एकीकरण, जनवर्गीय संगठनहरू केन्द्रदेखि स्थानीय तहसम्मको पनि बाँकी रहेको छ । एकता पर धकेलिँदा कार्यकर्तामा उत्साह मर्न थालेको छ । यही यथार्थ बुझेर तत्काल एकताको काम टुंगो लगाउन सचिवालयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...