युट्युवबाट हटाइएको पशुपति शर्माको गीत प्रचण्डलाई मन परेपछि…



हाम्रो इकोनोमि

 

 

गायक पशुपति शर्माको ‘लुट्नुसम्म लुट कान्छा’ गीतलाई लिएर सत्तारुढ दल नेकपामा विवाद देखिएको छ।

पूर्व एमालेका नेताहरु र तिनको भातृ संस्था यूवा संघले युट्युबबाट गीत हटाउन धम्की दिएर हटाइएपछि गीतले एकाएक थप प्रचार पायो।

सर्वसाधारणले सडकमै आएर गीतको पक्षमा नाचगान गरे भने विपक्षी दलहरुले औपचारीक रुपमा गीतको पक्षमा रहेको बताए। कांग्रेसले पत्रकार सम्मेलन गरेरै पशुपति शर्माको पक्षमा वकालत गर्‍यो।

सत्तारुढ दल नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत बन्द गराउने सरकारको कार्यप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री केपी ओलीलाई यस बारेमा सचेत गराउने निकटहरुसँग बताए।

उनले औपचारिक रुपमा कतै केहि नबोलेपनि आफू निकटहरुसँग केपी ओलीको गतिविधीका कारण सरकार र पार्टी विवादमा परेको बताएका थिए।

उक्त प्रकरणलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेका बेला सत्तारुढ घटककै अध्यक्षले असन्तुष्टि जनाएका हुन् । खुमलटार स्रोतका अनुसार प्रचण्डले सरकारले जनतामा व्याप्त असन्तुष्टि सम्बोधन गर्नुको साटो उल्टै ‘एक्सन’ गरेर जनमत घटाएको टिप्पणी गरेका छन् । प्रचण्डले शर्माको गीत पुरै सुनेको र गीतले अहिलेको यथार्थतालाई व्यक्त गरेको बताएका छन् ।

प्रचण्डले शर्माको गीतले समाजका हरेक क्षेत्रमा व्याप्त विकृतिलाई व्यंग्य गरेको भन्दै सरकारले त्यसलाई समाधान गर्नुपर्नेमा उल्टै गीतै बन्द गराएर गल्ती गरेको निस्कर्ष निकाले। उनले त्यसबारे प्रधानमन्त्री केपी ओलीलाई भेटेर सचेत समेत गराउने बताएका छन् ।

सरकारले शर्माको गीतमा राष्ट्रपति, सरकार र नेताहरुमाथि अनावश्यक आरोप लगाएको भन्दै युट्युवबाट हटाउन यूवा संघ मार्फत दबाब दिएपछि हटाएको शर्माले बताएका छन् । शर्माको गीत सार्वजनिक भएको दुई दिनमै युट्युवबाट हटाउन दबाब दिएको भन्दै सरकारको सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि अहिले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आ आफ्ना एकाउण्टबाट सो गीतलाई पुनः युट्युवमा पोष्ट गरिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...