प्रधानमन्त्री ओलीसँग शासकीय योग्यता नै छैन : कांग्रेस



हाम्रो इकोनोमि

 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले एक वर्षमा सरकारले हालेको ‘समृद्धिको जग’ बालुवाको भएको टिप्पणी गरेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शासकीय योग्यता नै नदेखिएको उसको दाबी छ ।

 

सरकार गठन भएको वर्ष दिन पुगेको अवसरमा ३ फागुनमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको जग हालेको दाबी गरेका थिए ।

 

प्रमुख विपक्षी कांग्रेसले भने एक वर्षमा प्रधानमन्त्रीको शासनकीय योग्यता नै नदेखिएको दाबी गरेको छ । ‘प्रधानमन्त्रीले जब बोल्न थाल्नुहुन्छ, नागरिकले जिम्मेवार राजनेताको अभिव्यक्ति पाउँदैनन्, रमाइला अभिव्यक्ति पाउँछन् । यो एक वर्षमा देशलाई राम्रै मनोरञ्जन दिनु भएको छ’ पार्टी कार्यालयमा आइतबार आयोतित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘तर, देशले जे शासकीय योग्यता खोजेको थियो, त्यो देखिएन ।’

 

कूटनीतिक सम्बन्धमा पनि ओपी ओली सरकारले गरिबी देखाएको कांग्रेसको आरोप छ । पछिल्लो पटक भेनेजुएला प्रकरणमा त केटाकेटी आए, गुलेली खेलाए मट्याङ्ग्राको सत्याशान भएको जस्तो भएको शर्माले बताए ।

 

भ्रष्टाचारमा क्रान्तिकारी छलाङ मारेको कांग्रेसको आरोप छ । बुढीगण्डकी जलविद्युत आयोजनामा भएको अनियमिततामा प्रधानमन्त्री ओली स्वयंम दोषी भएको कांग्रेस प्रवक्ता शर्माले बताए । भ्रष्टाचारमा बल पु¥याउनकै लागि राज्यका सबै संयन्त्रलाई प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरिएको उनले बताए ।

 

समृद्धिको नारा दिएको सरकार यसमा पनि असफल भएको कांग्रेसले दाबी गरेको छ । ‘गणतन्त्रका लागि जुन बेला देशमा संघर्ष भइरहेको थियो, त्यसबेला आज प्रधानमन्त्री रहनु भएका व्यक्तित्वले भन्नु भएको थियो, बलयगाढा चढेर अमेरिका पुगिन्न’ कांग्रेस प्रवक्ता शर्माले भनेका छन्, ‘एक वर्षमा सरकारको गति, मति र प्रवृत्ति हेर्दै गर्दा समृद्धि मिठो नार मात्र होइन भने बयलगाढा चढेर सागरमाथा चढ्न सकिन्न भन्ने सरकारले स्मरण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...