उत्साह दिने गरी भएका काममा निराशा बाँड्ने गीत गाउँछन्, तिनै कलाकार देशका गहना कसरी हुन सक्छन ?’



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचेतक शान्ता चौधरीले गायक पशुपति शर्माको गीतमा प्रतिबन्ध लगाएर कम्युनिस्ट सरकारले राम्रो कार्य गरेको टिप्पणी गरेकी छिन् ।

 

फेसबुकमा स्टाटस लेखेर चौधरीले राष्ट्रप्रेमी नेता खड्गप्रसाद ओलीलाई ‘युमराज’ भनेकोमा आपत्ति जनाएकी छिन् । उनले नाकाबन्दीलाई परास्त गरेको भन्दै ओलीको प्रशंसा गरेकी छिन् ।

 

‘अरु देशमाथि विदेशीले उपनिवेश कायम गर्दा हाम्रा देशलाई पुर्खाले बचाए, घुँडा टेकेनौं कहिल्यै, झुकेन हाम्रो स्वाभिमान , लुकेन हाम्रो बिरता’, नेकपाकी सचेतक चौधरीले भनेकी छिन् ।

 

‘परिवर्तनलाई स्वीकार गरे बापत, नेपाली जनताले आफ्नो संविधान आफै लेखे बापत भोग्न परेको नाकाबन्दीबिरुद्ध सानदार ढंगले परास्त गर्ने र बिस्तारै संमृद्धिको आभास दिन खोज्ने तिनै होनहार राष्ट्रप्रेमी नेतालाई यमराज साशक भन्ने गीत गाउँदा ताली बजाउन सकिँदैन’, चौधरीले भनेकी छिन् ।

 

‘राष्ट्रपति व्यक्ति मात्रै होइन देशको सर्वोच्च संस्था हो, पर्दाभित्रबाट षड्यन्त्रको तानाबाना बुन्दै बिना कारण झुट आरोप लगाएर घरीघरी बदनाम गर्न खोज्नु खेदजनक छ’, उनले भनेकी छिन्, ‘प्रहार गर्नुको पनि सीमा हुन्छ । एउटा कलाकार जसले आफ्नो स्वाभिमान झुकाएर गीत गाउँछन्, अरु देशमा लुट्न पाइँदैन हाम्रो देशमा मात्रै पाइँन्छ भनेर विश्वका सामु आफ्नो देशको गरिमालाई कमजोर बनाउँछन् ।’

 

उनले भनेकी छिन्, ‘जनतालाई उत्साह दिने गरी भएका काममा पर्दा लगाउँछन् र निराशा बाँड्ने गीत गाउँछन् । तिनै कलाकार देशका गहना कसरी हुन सक्छन

 

?’

प्रतिक्रिया दिनुहोस
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

     पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा...

बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...