अँगालो हालेर सुताउने अनौठो जागिर ! घण्टाको ८ हजार शुल्क



हाम्रो इकोनोमि

 

कसैले अंकमाल गरेर पनि पैसा कमाउँदो रहेछ । एकजना महिलाले पैसा कमाउनका लागि यो अनौठो कामको अन्वेषण गरेकी छन् । पछिल्लो समय एकजना महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् । उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अंकमाल गरेर सँगै सुत्छिन् । निकै प्रेमभावमा अंकमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् ।

 

अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो । मानिसहरुलाई अंकमाल गरी आलिंगनमा राखेर सुताएकै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन् ।

 

मेरी एकजना व्यवसायिक सुसारे हुन् । उनले आफ्नो त्यो अनौठो सर्भिसद्वारा ग्राहकहरुलाई रिल्याक्स महसूस गराउँदछिन् । उनका अनुसार यसो गर्दा मानिसको शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जन हुन्छ । यसले मानिसलाई केवल खुसी दिलाउने मात्र होइन, तनाव पनि कम गरिदिन्छ । यस्तो थेरापीको एउटा सेसन १ देखि ४ घण्टा सम्मको हुन्छ ।

 

अंगालो हालेर सुताउने त्यो पद्धतिको लागि मेरीले केही कडा नियम बनाएकी छिन् । उनीसँग सुत्ने ग्राहकले पूर्णरुपमा जिउमा कपडा लगाएको हुनुपर्दछ र त्यस अवधिभर कुनै यौन सम्पर्कको इच्छा व्यक्त गर्नु हुँदैन । गर्मी महिनामा जाँगे लगाउन पाइन्छ तर जाँगे निकै छोटो हुनु हुँदैन ।

 

उनीसँग अँगालो हालेर सुत्नका लागि पुरुष तथा महिला समेत आउने गरेका छन् । त्यस्तै विवाहित दम्पत्तिहरु, अविवाहित तथा एकल महिला र पुरुषहरु पनि आउँदछन् ।

 

मेरी आफैं पनि प्रेममा छिन् । उनको त्यो अपरिचितलाई अँगालो हालेर सुत्ने पेशालाई उनका ब्वायफ्रेण्डले कुनै दखल पुर्‍याएका छैनन् । त्यो कुनै यौनिक कार्य होइन र एउटा थेरापी मात्र हो भन्ने कुरा आफ्नो प्रेमीलाई जानकारी रहेको उनको भनाइ छ ।

यो पेशाले आफू स्वयंलाई पनि फाइदा भएको उनी बताउँछिन् । अहिले आफूलाई मिठो निद्रा लाग्ने, तनाव कम भएको र जिउमा स्फूर्ति पनि बढिरहेको उनको भनाइ छ ।

एजेन्सी

 

झापाली एक युवतीको एक चुम्बनको १ करोड !

 

केही महिना अघिको कुरा हो । एक प्रतीष्ठित मेनपावर व्यवसायीले सामाजिक सञ्जाल फेसबुकमा निशा अधिकारीको नाममा आएको फ्रेण्ड रिक्वेस्ट स्विकार गरे । भर्चुअल मित्रताको छोटै समयमा ती युवतीले व्यवसायीको फोन नम्बर हात पारिन् र गत असार १ गते उनको कार्यलयमै भेटन् पुगिन् ।

 

त्यसपछि घटनाले जस्तो मोड लियो, त्यसले ती व्यवसायीलाई त झस्काइदियो नै घटनाको अनुसन्धानमा जुटेको प्रहरीलाई समेत अचम्ममा पारिदियो। आफ्नो नाम इन्दु बताउने र घर झापाको बुधबारे बताउने ती युवतीले ती व्यवसायीको कार्यकक्षमा भिडियो अन गरेर गोप्य रुपमा मोबाइल राखेकी थिइन्।

 

क्यामेराले खिचिरहेका बेला ती युवतीले व्यवसायीलाई अंगालो मारिन् र चुम्बन गरिन्। केटी फर्केको केही दिनमा आफूलाई गणेश लामा बताउने एक युवाले कुराकानी गर्न प्रयोग हुने मोबाइल एप्लिकेसन इमो मार्फत व्यवसायीलाई युवतीसँग अंगालो मारेको र चुम्बन गरेको भिडियो पठाए। त्यसलगत्तै गणेशले गोप्य भिडियो आफूसँग रहेको र एक करोड रुपैयाँ नदिए उक्त भिडियो सामाजिक सञ्जाल र युट्युबमा अपलोड गरिदिने धम्की दिए।

 

अनुसन्धानमा संलग्न प्रहरीका स्रोतका यसरी धम्क्याउने काममा संलग्न युवती र युवक दुवै जना मेनवापर कम्पनीका एजेन्टहरु हुन्। उनीहरुले सजिलै मनग्गे कमाउन ती मेनपावर व्यवसायीलाई टार्गेट गरेका थिए। सुरुमा धम्कीयुक्त आदेश पाएपछि आत्तिएका व्यवसायी केही लाख रुपैयाँमा कुरा मिलाउने मनस्थितिमा पुगेका थिए। तर रकममा कुरा नमिलेपछि ती व्यवसायी महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी लिएर पुगे।

 

कार्तीक ६ गते अपराध महाशाखाले गौशालाबाट बद्री लामीछाने र इन्दिरा उप्रेतीलाई पक्राउ गर्‍यो। ठगी धन्दामा संलग्न इन्दिराले निशा अधिकारीको नाममा फेसबुक चलाएकी थिइन् भने बद्रीले आफ्नो नाम गणेश लामा बताएर रकम असुल्न खोजेका थिए।

महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार विशुद्ध ठग्ने नियतले योजनवद्ध रुपमा उनीहरुले धनाढ्य व्यापारीलाई फेसबुकबाट साथी बनाउने, भेटघाटको बहानामा भिडियो खिच्ने र रकम असुल्ने योजना बनाएको देखिन्छ। एसपी उप्रेतीका अनुसार पछिल्लो १६ महिनामा मात्रै महाशाखामा यस्तै प्रकृतिको ठगीकमा तीन उजुरी परीसकेका छन्। उनले भने, ‘सुन्दर युवतीको प्रयोग गरेर धनाढ्य व्यापारीबाट रकम असुल्ने क्रम निरन्तर देखिन्छ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...