अन्तर्राष्ट्रिय न्यायालय जाँदै गंगामाया, काठमाडौं जिप्रकाबाट लिइन् राहदानी



हाम्रो इकोनोमि

 

जनयुद्धको समयमा मारिएका छोराको हत्यारालाई कार्वाहीको माग गर्दै लामो समयदेखि अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारी अब न्याय खोज्न अन्तर्राष्ट्रिय न्यायालय जाने भएकी छिन् ।

 

न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न भन्दै गंगामाया अधिकारीले राहदानी समेत बनाएकी छन् । न्याय नपाएको भन्दै गत पुस २५ गते पुलचोकस्थित राष्ट्र संघ भवन पुगेकी गामायाले आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट राहदानी बनाएकी छन् ।

 

गंगामायाको राहदानी बनाउनका लागि उनको पक्षमा लबिङ गर्दै आएका अधिवक्ता ओमप्रकाश अर्याल र सुरेन्द्र भण्डारी तथा नेपाल मानवअधिकार संगठनका अध्यक्ष इन्द्र अर्याल बबरमहलस्थित जिल्ला प्रशासन पुगेर सहयोग गरेका छन् ।

 

राहदानी बनाएपछि गंगामायाले अब न्याय खोज्नका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने बताइन् । तत्कालीन नेकपा माओवादीले चलाएको जनयुद्धका क्रममा आफ्ना छोराको हत्यारामाथि कार्बाही नभएको भन्दै गंगामाया लामो समयदेखि अनसनमा बस्दै आएकी छन् । छोरा कृष्णप्रसादको हत्यारालाई कार्वाहीको माग गदागर्दै गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा ज्यान गइसकेको छ । अधिकारीको शव अझै पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ ।

 

राहत स्वरुप सरकारको डेढ करोड

छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कार्बाही माग राख्दै पटक–पटक आमरण अनसन बस्दै आएकी गंगामायालाई सरकारले राहतस्वरूप एक करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । अधिकारीसँग विगतमा गरेको सम्झौता बमोजिम सरकारले गत साउन पहिलो साता उनको नाममा खाता खोली एक करोड रुपैयाँ जम्मा गरिदिएको थियो ।

कृषि विकास बैंकमा खोलिएको उनको खातामा सरकारले २०७१ सालमै दिने भनी सम्झौता गरेको एक करोड रुपैयाँ हाली दिएको थियो । सरकारबाट राहत बुझेपछि उनी गत मंसिरमा राष्ट्रसंघ पुगेकी थिइन् । राष्ट्रसंघ पुगेकी उनले ‘न्याय खोज्न म कहाँ जाऊ ?’ लेखिएको प्लेकार्ड छातीमा झुण्ड्याएर न्यायको आह्वान गरेकी थिइन् । गंगामायाको छोराको हत्याको आरोप लागेका एक जना रुद्र आचार्य बेलायतमा रहेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...