राप्रपाद्वारा सरकारविरुद्ध आन्दोलन घोषणा



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। राप्रपा अध्यक्ष कमल थापाले आज पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलनको घोषणा गरेका हुन् । उनका अनुसार पर्सी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीलाई २२ बुँदे मागपत्र बुझाएर आन्दोलनको सुरुवात हुनेछ । थापाका अनुसार राप्रपाले काठमाडौं उपत्यकाबाहेकका ७४ जिल्लामा प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रमुख जिल्ला अधिकारीलाई मागपत्र बुझाइने छ ।

 

राप्रपाले आफ्ना माग सम्बोधनका लागि फागुन मसान्तसम्म प्रतीक्षा गर्ने पनि बताएको छ । फागुन मसान्तसम्ममा पनि माग सम्बोधन नभए देशव्यापी जनसंघर्षका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष थापाले बताए ।

 

राप्रपाले बुझाउने भनिएको मागपत्रमा संविधानबाट धर्म निरपेक्षता खारेज गरेर हिन्दू राष्ट्र कायम गरिनुपर्ने, राजसंस्थासहित सबै राजनीतिक दल अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयताका बारेमा जनमत संग्रह गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न सम्पूर्ण एनजिओ बन्द हुनुपर्ने, बेरोजगार समस्या समाधानका लागि अल्पकालिन र दिर्घकालिन कार्यक्रम सञ्चालन हुनुपर्ने, बूढीगण्डकी परियोजनाको ठेक्का खारेज गरेर नेपालले नै निर्माण गर्नुपर्ने, एनसेल, ३३ किलो सुनकाण्ड, वाइडबडी विमान खरिदलगायत भ्रष्टाचारका घटनाको छानबिन हुनुपर्ने लगायत विषय छन् ।

 

राप्रपाले चैत पहिलो साताबाट सुरु गर्ने भनेको आन्दोलनलाई सफल पार्न र जनमत सृजना गर्न फागुन १५ गतेबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्न लागेको अध्यक्ष थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

     पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा...

बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...