मन्त्री बिना मगरले भनिन् संविधान बदलिए पनि संस्कार र चिन्तन बदलिएको छैन



हाम्रो इकोनोमि

 

खानेपानी मन्त्री बिना मगरले संविधान बदलिए पनि सामाजिक जीवनका क्षेत्रमा संस्कार र चिन्तन बदलिन जरुरी भएकाे बताएकी छिन्। चाैतारा सांगाचाेकगढी नगरपालिकाले आयोजना गरेकाे महिला जनप्रतिनिधि र सामाजिक अगुवाहरुकाे क्षमता अभिवृद्धि सम्बन्धि गाेष्ठीमा बाेल्दै उनले भनिन्, ‘हामीले संविधान बदल्याैं। तर, संस्कार बदल्न बाँकी नै छ। संविधानमा लेखेर मात्र संस्कार बदलिन सक्दैन, त्यसका लागि सङ्घर्ष जरुरी छ।’

 

कार्यक्रममा उनले भनिन्, ‘हाम्राे समाज अहिले पनि सामन्तवादी चिन्तनकै वरिपरि छौं। तर, त्यसलाई चिर्नु हाम्रै दायित्व हाे। संविधानले हामीलाई धेरै अधिकार दिएकाे छ। तर, चिन्तन बदलिएकाे छैन। हामीले चिन्तन बदल्नुपर्छ। चिन्तन बदलेर मात्र संवैधानिक व्यवस्थालाई व्यवहारमा लागू गर्न सकिन्छ।’

 

उनले थपिन्, ‘याे उपलब्धि यत्तिकै आएकाे हाेइन। हामीले सङ्घर्ष गरेर ल्याएका हाैं। बिना त्याग अधिकार आउँदैन। अहिले पनि महिला र पुरुषबीच अन्तर छ। संविधानले समान अधिकार दिए पनि व्यवहारमा त्यसकाे प्रयाेग हुन कठिन भइरहेकाे छ, यसमा सामाजिक संस्कार र परिवेश पनि जिम्मेवार छ।’

 

महिलाहरुले आफ्नाे मनाेबल उच्च पार्नुपर्ने उनले बताइन्। मगरले भनिन्, ‘महिलाले आफूलाई सामाजिक चुनाैतिसँग लड्न तयार गर्नुपर्छ। नेतृत्व विकासकाे पहिलाे शर्त आत्मबल हाे। तपाईं आफै बलियाे बन्नुस्। अरुकाे भराेसा हाेइन, आफै सक्छु भन्ने गरी तयार पार्नुस्।’

 

उनले थपिन्, ‘अहिले पनि हामीकहाँ पदमा श्रीमतिलाई राख्ने तर सत्ता सञ्चालनकाे साँचाे आफ्नै हातमा लिने संस्कार छ। याे समस्या नेपालभन्दा भारतमा बढी छ। समान अधिकार भने पनि व्यवहारमा घरेलु कामकाे जिम्मा पहिलाकै थाप्लाेमा छ।’

 

मन्त्री मगरले जनयुद्धले महिला अधिकार स्थापित गरेकाे बताइन्। उनले भनिन्, ‘माओवादी आन्दाेलनले महिला अधिकारलाई स्थापित गर्‍यो। महिलाहरु मर्न तयार भए, सामन्ती जञ्जाल ताेड्न सफल भए, त्यसकारण तिनीहरु नेता भए। जनयुद्धमा पलपल मृत्युकाे जाेखिम हुन्थ्याे। तर, त्यहाँ शाेषण थिएन। समाजकाे जञ्जाल झेल्न पर्दैनथ्याे। मुक्तिकाे सपनाले नै आज महिला अधिकार स्थापित भएकाे छ।’

उनले थपिन्, ‘घरायसी काम र व्यवहारमा अधिकार र कार्यक्षेत्रकाे बाँडफाँड गर्न सकिएन भने महिला नेता स्थापित हुन सक्दैनन्। महिलालाई अहिले पनि अबला र कमजाेर नै मान्ने गरिन्छ। त्याे बदलिन जरुरी छ।’

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...