नेकपाका केन्द्रीय नेता नै बरोजगार, ४५ स्थायी समितिपनि निराशा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को एकीकरण प्रक्रिया टुंगो नलाग्दा कार्यकर्ता मात्र होइन केन्द्रीय नेताहरुमै निराशा बढेको छ । जसले पार्टीका गतिवधि एक वर्ष भन्दा लामो समयदेखि ठप्प छ । केन्द्रीय नेताहरुले नै कुनै जिम्मेवारी पाउन सकेका छैनन् ।

 

राष्ट्रिय अभियानको योजना समेत ६ महिनादेखि अलपत्र परेको छ । असार र साउनभित्र एकीकरणका सबै काम टुंग्याएर भदौदेखि अभियान चलाउने छलफल केन्द्रीय सचिवालयमै भए पनि अलपत्र परेको हो । दसैँको सम्मुखमा कार्यकर्ता घर फर्किने भएकाले एकीकरणको सन्देश दिन उपयुक्त हुने भन्दै पार्टीले योजना बनाएको थियो ।

 

तर, एकीकरण प्रक्रिया नै धकेलिएपछि अन्य योजना अघि बढ्न सकेन । ३ जेठमा पार्टी एकतापछि सबै तहमा एकीकरण टुंग्याउन चार तहको कार्यदल बनिसकेको छ । एकीकरणमा ढिलाइ भएपछि १२ पुसमा सम्पन्न स्थायी समिति बैठकमा नेतृत्वको आलोचना भएको थियो । आलोचना मत्थर पार्दै बैठकले माघ महिनाभित्रै एकीकरण सक्ने गरी ९ सदस्यीय कार्यदल बनाए पनि काम गर्न सकेन । संयोजक रामबहादुर थापा बादलले अपूरो प्रतिवेदन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

 

९ महिनासम्म बसेन केन्द्रीय समिति
नेकपाको केन्द्रीय कमिटी बैठक नबसेको त ९ महिना भइसक्यो । पार्टीको अन्तरिम विधानमा ६ महिनाभित्र केन्द्रीय कमिटी बैठक बस्ने व्यवस्था भए पनि एकतायता औपचारिक बैठक बस्न सकेको छैन । एकीकरणलगत्तै १० जेठमा माइन्युटमा हस्ताक्षर गर्ने प्रयोजनका लागि केन्द्रीय कमिटी बैठक बोलाइए पनि केन्द्रीय सदस्यहरूले प्रस्तावित एजेन्डामा छलफलमा भाग लिन पाएका छैनन् ।

 

हामीले पार्टीलाई विधिसम्मत तरिकाले सञ्चालन गर्नुपर्ने मागसहित ध्यानाकर्षणपत्रसमेत बुझाएका थियौँ,’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘बैठकमा त यसै ढिलाइ भएकै छ, एकीकरणको काममा ढिलाइ गरेर आम नेताकार्यकर्तालाई निराश पार्ने गरी पार्टीलाई, नेतृत्वले महाशिथिलीकरणको दिशामा धकेलेको छ ।’ नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी समिति र ९ सदस्यीय सचिवालय छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...