वैदेशिक रोजगार बिभाग ताहाचलबाट ५ विचौलिया पक्राउ
श्रम तथा वैदेशिक रोजगार विभाग ताहाचलमा सक्रिय ५ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । सेवाग्राहीहरुले कार्यालयबाट सिधै सेवा लिन नसक्ने परिस्थिति रहेको तथा बिचौलियाहरूले दश गुणा भन्दा बढी रकम लिएर काम गरिदिने गरेको र नक्कली भिषा कार्ड समेत बनाइने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
श्रम स्वीकृतिको लागि विभाग आएका ईन्द्र बहादुर रजाली मगरले आफ्नो पासपोर्ट नम्बर ०५५६८०५७ मा भिषा कार्ड नै सच्चाएको अबस्थामा फेला परेर जानकारी दिए पश्चात बिचौलिया कार्यमा संलग्न गणेश कटुवालले उक्त कार्ड बनाउन सहयोग गरेको खुल्न आएको थियो । शनिबार काठमाडौं महानगरपालिका २६ स्थित मित्रनगर मेचिकालि गेष्टहाउसबाट उनलाई पक्राउ गरी थप अनुसन्धान गर्दा कृष्ण प्रसाईलगायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीलाई घुस दिने दुईजना टिपर चालक पक्राउ
चेकिङमा खटिएका प्रहरीलाई घुस दिने दुईजना टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त कालीकमाटीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा बल्खुबाट बा४ख ६७७१ र बा३ख ६५६८ नम्बरको टिपरका चालक २३ वर्षे ओमबहादुर कार्की र २४ वरषीय लक्ष्य पन्तलाई नियन्त्रणमा लिएको हो । शनिबार राति करिब १ बजे चेकजाँचका क्रममा काजपत्र नभेटिपछि मिलाइदिन भन्दै उनीहरुले दुईवटा टिपरको ५०० रुपैयाँ घुस दिएको प्रहरीले दावी गरेको छ


