पशुपतिलाइ ज्यान मार्ने धम्की दिने बिरुद्द लाखौ जनता सडकमा आउने चेतावनि, सरकार पनि नाङ्गियो



हाम्रो इकोनोमि

 

सबै सकारात्मक सोच भएका नेपाली जनताहरुले पशुपती शर्माको गीत डिलेट गर्न दबाब दिने नेकपा कार्यकर्ता बिरुद्द सडकमा उत्रिने चेतावनी दिएका छन ।

सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ ।

गीत भाइरल भएपछि नेकपासम्बद्द कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए भने युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीबिरुद्ध धम्की दिएर बक्तब्य निकालिएको थियो ।

नेकपा कार्यकर्ताहरूको आक्रोशबाट आत्तिएका गायक शर्माले शनिवार साँझ गीतमा प्रयोग भएका केही शब्दमा बिबाद भएको भन्दै युट्युव पेजबाट गीत हटाएका हुन् ।

शुक्रबार रिजिल भएको उक्त गीतमा प्रयोग भएका केही शब्दमा विवाद सिर्जना गरेकाले आफूले अहिले अपलोड भएको गीत हटाएर परिमार्जन गर्ने उनले बताएका छन् । शनिबार साँझ उनले गीत युट्युवबाट हटाएर फेसबुकमा लामो स्टाटस लेखेर आफ्नो उद्देश्य देशमा सुशासन कायम होस् भन्नेमात्र रहेको र कुनै राजनीतिक आग्रह र पूर्वाग्रह राखेर गीत नबनाएको बताएका छन् ।

‘मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्येय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु’ शर्माले भनेका छन् ।

उनको गीतमा ठूला नेताले भ्रष्टाचार गरे पनि कार्यकर्ता बोल्न नसकेको, वाइड बडी खरिदमा भएको भ्रष्टाचार, सुनकाण्डलगायतका विषयमा पनि उनले सरकारलाई ब्यंग्य गरेका छन् । पशुपतिले सो गीत आफ्नो अकाउन्टबाट हटाए पनि गीतका फ्यानहरूले बिभिन्न युट्युब पेजमा यो गीत अपलोड गरेर सेयर गरिरहेका छन् भने फेसबुक र ट्वीटरमा समेत यो गीत पुनः अपलोड र सेयर गर्ने अभियान नै चलाइएको छ ।

पढ्नुहोस् पशुपति शर्माको स्टाटस

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तकज्यूहरुमा सादर नमस्कार ! हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु ।

सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहन्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु ।

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु । र अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताबिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्‍याउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...