निरुताको ‘कर्ली कपाल’मा भुवन र अनमोल भुतुक्कै



हाम्रो इकोनोमि

 

फिल्म ‘क्याटेन’को ‘कर्ली कर्ली कपाल’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार प्रेसमिट गर्दै गीत सार्वजनिक गरिएको हो ।

लोक लयको गीतमा निरुता सिंहले भुवन केसी र अनमोल केसीसँग नृत्य प्रस्तुत गरेकी छिन् ।

गीतमा मेलिना राई र एसडी योगीको स्वर रहेको छ । शब्द हर्क साउद र मनिष ढकालको रहेको छ भने संगीत एसडी योगी सुशान्त गौतमको रहेको छ ।

गीतलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेका हुन् ।

फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

उपासना सिंह ठकुरी, प्रियंका एमभीको यो डेब्यु फिल्म हो ।

भुवन केसीले निर्माण गरेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । फुटबल खेलाडिको कथा सामिप्य राज तिमिल्सीनाले तयार पारेका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी, नवराज उपे्रतीेको छायांकन, दिर्ग खड्काको सम्पादन रहेको छ । फिल्म फागुन १७ गते रिलिज हुँदैछ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...