निरुताको ‘कर्ली कपाल’मा भुवन र अनमोल भुतुक्कै



हाम्रो इकोनोमि

 

फिल्म ‘क्याटेन’को ‘कर्ली कर्ली कपाल’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार प्रेसमिट गर्दै गीत सार्वजनिक गरिएको हो ।

लोक लयको गीतमा निरुता सिंहले भुवन केसी र अनमोल केसीसँग नृत्य प्रस्तुत गरेकी छिन् ।

गीतमा मेलिना राई र एसडी योगीको स्वर रहेको छ । शब्द हर्क साउद र मनिष ढकालको रहेको छ भने संगीत एसडी योगी सुशान्त गौतमको रहेको छ ।

गीतलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेका हुन् ।

फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

उपासना सिंह ठकुरी, प्रियंका एमभीको यो डेब्यु फिल्म हो ।

भुवन केसीले निर्माण गरेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । फुटबल खेलाडिको कथा सामिप्य राज तिमिल्सीनाले तयार पारेका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी, नवराज उपे्रतीेको छायांकन, दिर्ग खड्काको सम्पादन रहेको छ । फिल्म फागुन १७ गते रिलिज हुँदैछ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...