मातृका यादव ६ महिनादेखि निदाउन सकेनन्, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

सत्तारुण नेकपाका दुई अध्यक्षका बीचमा देखिएको मनमुटावले सरकारको अस्तित्वमाथि प्रश्न उठ्न थालेको छ। सरकारको भविष्य माथि समेत प्रश्न गर्न थालिएको छ।  प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच मनमुटाव बढ्दै जाँदा सरकारको बारेमा पनि अनेक अड्कलवाजीहरु पनि गर्न थालिएको छ। यहि अड्कलवाजीका बीचमा सरकारका मन्त्रीहरुको पीडाहरु पनि बाहिर आउन थालेका छन्।

 

सरकारका मन्त्रीहरु विपक्षीबाट नभइ स्वंय सत्तारुढ दल र तिनकै नेताका कारण पनि पिडित भएका खबरहरु आएका छन्। यस्तै पीडामा यतिखेर उद्योग वाणिज्य तथा आफूर्ती मन्त्री मातृका यादव परेका छन्। आफू निकट र परिवारजनहरुसँग यादवले आफू ६ महिनादेखि राम्री सुत्न पनि नसकेको गुनासो गर्न थालेका छन्। उनको यो गुनासो निकटहरुलाई गरे पनि एक कान दुई कान हुँदै मैदान भएको छ।

 

कुनै समय कर्मचारीलाई मन्त्रालयको शौचालयमै थुनेर दवंग हैसियत देखाउने यादव अहिले भिजेको विरालो जस्तो लुम्रे भएर मन्त्रालयको राजनीतिक नेतृत्व सम्हाल्न वाध्य छन्। मन्त्रीले मन्त्रालयको राजनीतिक नेतृत्व गर्ने चलन छन। यस हिसावले मन्त्री यादव पनि मन्त्रालयको नेतृत्व गरिरहेको अनुमान गर्न सकिन्छन। तर खासमा उनले नभएर मन्त्रालय, बालुवाटार र भक्तपुरबाट चल्न थालेपछि मन्त्री यादवलाई दिनको भोक न रातको निद भएको छ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्नु प्रत्येक मन्त्रीको कर्तव्य हुन्छ। प्रधानमन्त्रीको सहयोगीको रुपमा नै रहेका हुन्छन मन्त्रीहरु।  तर मातृकाले सम्हालेको मन्त्रालयमा नेतृत्व उनले सम्हाले पनि सुपर मिनिस्टरको रुपमा पूर्व एमालेबाटै उद्योग मन्त्री भएका महेश बस्नेत हावी हुन थालेका छन्। मन्त्रालयबाट हुने महत्वपूर्ण निर्णमा उनको हस्तक्षेप हुन थालेको छ। वालुवाटारबाट सोझै मन्त्रालयको कर्मचारी प्रसासनलाई हस्तक्षेप शैलीमा जाने निर्देशनले मन्त्रालयको संरचना पुरै तर्सिएको छ।

 

पूर्व माओवादीबाट नेतृत्व गरेका जति मन्त्रालयमा प्रधानमन्त्री ओलीले पूर्व एमालेका आफू निकट विश्वासिला व्यक्तिलाई मन्त्रालयको सुपर मिनिस्टरको रुपमा काम हेर्नेगरि जिम्मेवारी दिएका छन्। यहि जिम्मेवारीका कारण मात्रृकाले भन्दा बढी ओलीका लागि महेश बस्नेतले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

 

यहि जिम्मेवारी निर्वाह गर्ने क्रममा ओलीका विश्वासपात्र बस्नेतले आयल निगमको प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेललाई उदयपुर सिमेन्ट कारखानाबाट ल्याएर बनाइछाडे। तराई मूलकै अर्का एक व्यक्तिलाई बनाउन स्वार्थ समूहहरु लागिपरेपनि उनीहरु सफल भएनन्। बरु महेशहरु हावी भए।

 

मन्त्रालयको नेतृत्व आफूले गरेपनि काम भने महेश बस्नेतहरुले भने जस्तो हुन थालेपछि मातृका यादव तनावमा देखिएका हुन्। बस्नेतले प्रधानमन्त्री मार्फत सबै ठूला र दुरगामी कामहरु गराउन थालेपछि याद झस्किएका छन्। झस्किएका मात्र नभइ निदाउन पनि छोडेको उनले निकटहरुलाई सुनाएका छन्। यादवले आफ्ना केहि खास मानिसहरुलाई आफू ६ महिनादेखि राम्ररी सुत्न पनि नसकेको बताएका हुन्।

 

मन्त्रालयको ठूला काम सबै मन्त्रीले भनेको नभइ अन्य ठाउँबाट अन्यको स्वार्थ अनुसार हुन थालेपछि यादव तनावमा पनि देखिएका हुन्। प्रचण्डलाई समेत माइनस गर्ने काम हुन थालेको बुझाइमा रहेका कार्यकर्ताको पङ्तिमा यसैगरि आफूहरुलाई माइनस गरेको थाहा पाएपछि यादव निन्द्रा समेत विग्रिने अवस्थामा पुगेका हुन्। केपी ओली र महेश बस्नेतले हरेको यादवको निन्द्रा कस्ले फिर्ता गराउने हो त्यो भने हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...