ज्यान मार्ने धम्कि पछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’ बोलको म्युजिक भिडियो



हाम्रो इकोनोमि

 

 

 

चर्चित गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ लगायतका व्यङ्ग्यात्मक शैलीमा नेपालमा बढिरहेको भ्रष्टाचार बेथितिका बारेमा लेखिएको नयाँ गीत उनले युट्यूबबाट हटाएका हुन् ।

आफूले कुनै पनि राजनीतिक दललाई लक्षित गरेर गीत नल्याएको भए पनि कसैलाई अप्ठेरो परेको भए क्षमा माग्ने पनि गायक शर्माले बताएका छन् ।

आफूले नेपालमा बढ्दो विसंगति र विकृतिको उजागर मात्रै गर्न खोजेको बताउँदै शर्माले यही गीतलाई परिमार्जन गरेर छिट्टै बजारमा ल्याउने पनि जानकारी दिएका छन् ।

अनलाइनखबरका अनुसार ओली पक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ । गीत भाइरल भएपछि नेकपासम्बद्द कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए भने युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीबिरुद्ध धम्की दिएर बक्तब्य निकालिएको थियो ।

यस्तै आज बिहानै रातोपाटी अनलाइनले शर्माको गीतले बालुवाटारमा खैलाबैला भएको भन्दै समाचार नै निकालेको थियो ।

पशुपति शर्माको स्टाटस– आदरणीय श्रोता एवं दर्शकवृन्द, साथै मेरा प्यारा शुभचिन्तकज्यूमा सादर नमस्कार । हिजो रिलिज भएको मेरो ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा यहाँहरुले देखाउनु भएको सहभागिताका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

तर त्यही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरुसमक्ष राख्न गैरहेको छु । सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिनँ । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतिलाई व्यङ्ग्य गरोस् भन्ने मेरो एकमात्र ध्येय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि होइन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन ।

तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन–जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गैरहेको छु । केही समय लाग्ला, जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु । सुझाव दिनुहुने राजनैतिक व्यक्तित्वहरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अप्ठेरो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहान्छु ।

मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्यूबमा रहेको गीतलाई परिमार्जनसहित पुनः लिएर आउने वाचा गर्दै अहिले बजिरहेको गीत युट्यूबबाट मैले हटाउने निर्णय गरेको छु ।

र अन्त्यमा, म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु

 

 

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...