राजनारायण पाठकलाई ७८ लाख घुस खुवाउने लम्बोदर न्याैपानेलाई कारबाही कहिले ?



हाम्रो इकोनोमि

 

भक्तपुर दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजका संस्थापक सञ्चालक लम्बोदर कुमार न्यौपानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई घुस खुवाएर आफैँले भिडियो सार्वजनिक पनि गराए । न्यौपानेका कारण अख्तियारमा लोकमानसिंह कार्कीको लिगेसी समेत समाप्त भएको छ ।

 

लोकमानको रोजाइमा कांग्रेसले अख्तियारको आयुक्ले न्यौपानेबाट घुस खाए, विषय सार्वजनिकपछि उनले राजिनामा पनि दिए तर गलत कामका लागि घुस खुवाउने कलेजका सञ्चालक न्यौपानेमाथि पक्राउ गरेर अनुसन्धान कहिले हुन्छ भन्ने अर्को प्रतिक्षाको विषय बनेको छ ।

 

कलेज भित्रै करोडौँ रूपैयाँ भ्रष्टाचारको आरोपमा बहिष्कृत न्यौपानेका अनेक हर्कतहरू यसअघि नै सञ्चार माध्यममा सार्वजनिक भैसकेका छन । घुस लिने र दिने दुबै बराबर दोषी हुन । हुनतः यस प्रकरणमा घुस खानेलाई नै कारबाहीको टुंगो नभएकाले घुस खुवाउनेको विषय पछि आउँला तर गलत कामका लागि घुस खुवाउने न्यौपानेसहितलाई पनि सँगै कारबाहीको दायरामा ल्याउनु आवश्यक छ ।

 

 

अख्तियार दुरूपयोग अनुसन्धानका आयोगका आयुक्तमा नेपाली कांग्रेसको सरकारले नियुक्त गरेका राजनारायण पाठकलाई ९ देखि १२ वर्षसम्म जेल सजाएँ हुने देखिएको छ । तर त्यसका लागि भने अख्तियारले नै उनीविरूद्ध थप अनुसन्धान गरी विशेष अदालतमा मुद्दा चलाउनुपर्ने हुन्छ । अहिले  राजनारायण पाठकले राजीनामा दिएपछि उनीमाथि थप कारबाही हुन्छ कि हुन्न भन्ने प्रश्न उठेको छ र यही विषयलाई लिएर सरकारको अालोचना पनि भैरहेको छ ।

 

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ ले घुस लिने व्यक्तिलाई विगो बमोजिम जरिवाना गर्नुपर्ने भनेको छ। उक्त दफामा ५० लाख देखि १ करोडसम्म घुस लिने व्यक्तिलाई ६ वर्ष देखि ८ वर्षसम्मको कैद हुने पनि भनिएको छ। यही ऐनको उपदफा २४ मा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक निकायका पदाधिकारीले घुस लिएको प्रमाणित भए थप तीन वर्षसम्म कैद सजाय पाउने उल्लेख छ।

 

अख्तियारको आयुक्त हुँदा उनले घुस लिएको प्रमाणित भए यी दुवै व्यवस्था अनुसार ९ देखि १२ वर्षसम्म कैद र ७८ लाख नै जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले घूस लिएको रकम बराबरको सम्पत्ति जफत हुने छ।

 

 

पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस खाएका थिए । स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको समाचार सार्वजनिक भएको थियो । उनले खाएको यो घुस पहिलो भने होइन । अख्तियार दुरूपयोग अनुसन्धान अायोगमा प्रमुख अायुक्तमा नियुक्त भएर काम गरेपनि अदालतबाट उक्त पदका लागि अयोग घोषित भएका लोकमानसिंह कार्कीका लागि उनले अख्तियार प्रवेश गरेदेखि नै घुस खाने गरेको चर्चा चल्ने गरेको थियो । प्रमाणको रूपमा एउटा भिडियो सार्वजनिक भएपछि भने उनले राजिनामा दिएका छन ।

 

पाठकले घुस खाएको भिडियो प्रधानमन्त्री केपी शर्मा ओली, अख्तियार प्रमुख नविन कुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र महान्यायाधीवक्ता अग्नि खरेलले समेत हेरेका छन ।  पाठकलाइ तत्कालीन कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले अख्तियारमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...