प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छैनः ईश्वर पोखरेल (भिडियो)



हाम्रो इकोनोमि

 

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आलोपालो प्रधानमन्त्री बन्ने भन्ने विषयमा कुनै सहमति नभएको दोहोर्‍याएका छन् ।

 

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व सम्हाल्ने पोखरेलले बताएका छन् । नेकपाका प्रभावशाली नेता समेत रहेका मन्त्री पोखरेलले नेपाली रेडियो नेटवर्क र जनता जान्न चाहन्छन् टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग शनिबार कुरा गर्दै ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरामा सत्यता नरहेको दाबी गरे ।

 

‘मैले दुबै अध्यक्षसँगको भेटमा आलोपालो प्रधानमन्त्री बन्ने कुरा के हो भनेर सोधेको छु । तर, दुबैले यो विषय केही होइन भन्नुभएको छ’, मन्त्री पोखरेलले भने, ‘ओलीज्यूलाई किन हटाउने ? केका लागि हटाउने ? उहाँले नै पाँच वर्ष चलाउनु हुन्छ ।’

 

प्रचण्ड भावी प्रधानमन्त्री हो भनेर सोधिएको प्रश्नको जवाफमा रक्षामन्त्री पोखरेलले भने, ‘समय आएपछि भनौँला । अहिले नै त्यो विषयमा बोल्नु हतार हुन्छ । १२ बजे दिने उत्तरलाई १२ बजे नै दिनुपर्छ । समय अगाडि उत्तर दिनु हुँदैन । हतार हुन्छ ।’

 

ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरामा कुनै पनि सहमति नभएको उनले दोहो¥याए । ‘हावाको भरमा कुरा गर्नु हुँदैन । दुई तिहाइ बहुमतमा बनेको सरकार छ । दुई तिहाइ बहुमतको समर्थनमा काम गर्नुभएको छ’, पोखरेलले भने, ‘सरकारले गतिका साथ काम गरेको छ । परिणाम आउन शुरु भैसकेका छन् ।’

 

वर्तनमा सरकारले काम गर्न सकेन भनेर प्रचण्ड र माधवकुमार नेपालले आलोचना गर्दै आउनु भएको छ नि ? भन्ने प्रश्नको जवाफमा मन्त्री पोखरेलले भने, ‘मैले जहिले पनि टेलिभिजन हेर्छु वा रेडियो सुन्छु त्यस बेला उहाँहरूले सरकारको प्रतिरक्षा गरेको देख्छु । सरकारको कामको प्रशंसा गरेको देख्छु ।’

 

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...