प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छैनः ईश्वर पोखरेल (भिडियो)



हाम्रो इकोनोमि

 

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आलोपालो प्रधानमन्त्री बन्ने भन्ने विषयमा कुनै सहमति नभएको दोहोर्‍याएका छन् ।

 

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व सम्हाल्ने पोखरेलले बताएका छन् । नेकपाका प्रभावशाली नेता समेत रहेका मन्त्री पोखरेलले नेपाली रेडियो नेटवर्क र जनता जान्न चाहन्छन् टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग शनिबार कुरा गर्दै ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरामा सत्यता नरहेको दाबी गरे ।

 

‘मैले दुबै अध्यक्षसँगको भेटमा आलोपालो प्रधानमन्त्री बन्ने कुरा के हो भनेर सोधेको छु । तर, दुबैले यो विषय केही होइन भन्नुभएको छ’, मन्त्री पोखरेलले भने, ‘ओलीज्यूलाई किन हटाउने ? केका लागि हटाउने ? उहाँले नै पाँच वर्ष चलाउनु हुन्छ ।’

 

प्रचण्ड भावी प्रधानमन्त्री हो भनेर सोधिएको प्रश्नको जवाफमा रक्षामन्त्री पोखरेलले भने, ‘समय आएपछि भनौँला । अहिले नै त्यो विषयमा बोल्नु हतार हुन्छ । १२ बजे दिने उत्तरलाई १२ बजे नै दिनुपर्छ । समय अगाडि उत्तर दिनु हुँदैन । हतार हुन्छ ।’

 

ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरामा कुनै पनि सहमति नभएको उनले दोहो¥याए । ‘हावाको भरमा कुरा गर्नु हुँदैन । दुई तिहाइ बहुमतमा बनेको सरकार छ । दुई तिहाइ बहुमतको समर्थनमा काम गर्नुभएको छ’, पोखरेलले भने, ‘सरकारले गतिका साथ काम गरेको छ । परिणाम आउन शुरु भैसकेका छन् ।’

 

वर्तनमा सरकारले काम गर्न सकेन भनेर प्रचण्ड र माधवकुमार नेपालले आलोचना गर्दै आउनु भएको छ नि ? भन्ने प्रश्नको जवाफमा मन्त्री पोखरेलले भने, ‘मैले जहिले पनि टेलिभिजन हेर्छु वा रेडियो सुन्छु त्यस बेला उहाँहरूले सरकारको प्रतिरक्षा गरेको देख्छु । सरकारको कामको प्रशंसा गरेको देख्छु ।’

 

 

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...