स्वस्तिमा खड्कालाई प्रश्नः श्रीमान् निश्चल बस्नेतको सबैभन्दा मनपर्ने कुरा के हो ?



 

फिल्म ‘होस्टल रिटन्र्स’बाट नेपाली सिने क्षेत्रमा डेब्यू गरेकी नायिका हुन् स्वस्तिमा खड्का। ‘कुटुमा कुट गर्ल’का रुपमा समेत परिचित उनी निर्देशक तथा कलाकार निश्चल बस्नेतकी श्रीमती हुन्। उनको पछिल्लो फिल्म ‘बुलबुल’ शुक्रबारदेखि देशभर प्रदर्शन भएको छ।

 

१. फिल्मबाहेक तपाईं कुन कुरामा बढी रमाउनुहुन्छ ?
कहिलेकाहीँ धुँवा, धुलो र प्रदूषणभन्दा अलि पर जान मन लाग्छ। शान्त र सुन्दर वातावरणमा हराउन मन पर्छ मलाई। साथीभाइसँग भेटघाट गर्दा पनि उत्तिकै रमाउँछु।

 

२. तपाईंको जीवनको एउटा अविस्मरणीय क्षण कुन हो र किन ?
मेरो जीवनमा यस्ता क्षणहरु धेरै छन् जस्तो लाग्छ। तर, एउटा सम्झनु पर्दा ‘होस्टल रिटन्र्स’ फिल्ममा नायिकाको भूमिकामा आफूलाई उभ्याउन पाउनु मेरो लागि निकै महत्वपूर्ण थियो। सिने क्षेत्रमा प्रवेश गर्ने मेरो रुची सोही फिल्मबाट पूरा भएको थियो। त्यसपछि फिल्मको सुटिङको क्रममा बिताएका हरेक पलहरु रमाइला थिए। बुटवलमा सुटिङ गर्दाका ती दिनहरु म कहिल्यै बिर्सन सक्दिनँ।

 

३. घरमा एक्लै हुँदा के गर्न मन पर्छ?
प्रायः कामको सिलसिलामा बिहानदेखि बेलुकासम्म घरबाहिर नै हुन्छु। त्यसैले घरमा हुँदा प्राय रेस्ट नै गर्न मन लाग्छ। कहिलेकाहीँ अलि धेरै समय घरमै बिताउनु पर्ने छ भने फिल्म हेरेर रमाउँछु।

 

४. श्रीमान् (निश्चल बस्नेत)को सबैभन्दा मनपर्ने कुरा के हो?
उहाँ निकै लभिङ, कियरिङ गर्ने खालको हुनुहन्छ। सबैलाई समान व्यवहार गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ। यो कुरा मलाई विशेष लाग्छ। त्यसो त उहाँका हरेक कुराहरु मलाई मन पर्छ।

 

५. जीवनमा कत्तिको रुनुहुन्छ ?
प्रायः म रुँदिनँ। तर, कहिलेकाहीँ कुनै कुरामा चित्त दुख्दा भने अवश्य पनि रोइन्छ। मलाई लाग्छ, रुनका लागि कुनै कारण चाहिँदैन। कुनै परिस्थिति नै कारण बनिदिन्छ।

 

६. आफूलाई मन पर्ने र नपर्ने आफ्नै बानी ?
म सबैलाई समान व्यवहार गर्छु, आफ्नो यो बानी मनपर्छ। तर, अलि बढी अल्छी छु, जुन कुरा मलाई मन पर्दैन। कामको सिलसिलामा घरबाहिर नै हुने हुँदा घरमा हुँदा धेरै समय सुत्ने बानी छ।

 

निश्चल बस्नेत र स्वस्तिमा खड्का

 

७. तपाईंको फिल्म ‘बुलबुल’ प्रदर्शनमा आएको छ। आफ्नो कामप्रति कत्तिको सन्तुष्ट हुनुुहन्छ?
पक्कै पनि हरेक कलाकारले आफ्नो काममा शतप्रतिशत दिने प्रयास गर्छ। मैले पनि आफूले सक्दो गरेकी छु। फिल्म पनि राम्रो बनेको छ तर पनि दर्शकले कसरी लिनुहुन्छ भन्ने कुरा महत्वपूर्ण हो। आशा छ, दर्शकलाई पनि मन पर्ने छ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको