अख्तियारका आयुक्त पाठकले घुस खुवाएर बनाएको यही हो घर,यसरी असुल्थे घुस



हाम्रो इकोनोमि

 

जुन देशका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नै भ्रष्टचारी छन् ? भ्रष्टहरुसँगै उल्टै करोडौं बुझेर काम गर्दछन् भने त्यहाँ बसेर सुशासनको कल्पना कसरी गर्न सकिएला ? कुनै पनि सार्वजानिक निकायमा हुने गरेको भ्रष्टाचार हेर्दै आएको संस्था हो अख्तियार दुरुपयोग अनुसन्धान आयोग । तर यहाँका आयुत्त नै कमाउ धन्दामा लागेको पर्दाफास भएको छ ।

 

लोकमान सिंह कार्की अख्तियार प्रमुख हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि बदनाम भयो । भ्रष्टचारीहरुसँग उल्टै लोकमान र आयुक्तहरुले गर्ने गरेको बार्गेनिङका कारण । लोकमान त त्यहाँबाट पदच्यूत भएर गए तर लोकमान सिंहका प्यारा राजनारायण पाठकको कार्यकाल बाँकी नै छ । यी यस्ता आयुक्त हुन जस्ले लोकमान सिंहको साथ र सहयोग पाएरै आयुक्त नियुक्त भएको बर्ष दिन नपुग्दै करोडौंको बंगला खरिद गर्न भ्याए ।

 

उसो त राजनारायाणको विगतलाई चिन्ने र उनीसँगै काम गरेकाहरु सरकारी वकिल क्षेत्रमा उनी अति बदनाम र भ्रष्ट छवि भएका ब्यक्ति भएको सुनाउँछन् । पाठकको महान्याधिवक्ताको कार्यालयमा कार्यरत रहदादेखि नै विवादित थिए ।उनलाई कांग्रेसले बोकेर अख्तियारमा पठायो ।
पाठकले पदको दुरुपयोग गर्दै आफ्नी छोरी प्रिया पाठकलाई एमबीबीएस अध्ययन गराउनका लागि काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेका थिए ।

 

उनले छोरी प्रियालाई जबर्जस्ती पास गराउनका लागि अख्तियारको दुरुपयोग गरेका थिए । विभिन्न आयोजनाका भ्रष्टाचार र गैरकानुनी सम्पत्ति आर्जनका उजुरीहरू सेटिङ गर्दै तामेलीमा राख्ने काममा आयुक्त पाठक नै प्रयोग हुँदै आएका थिए । कार्कीका प्रतिशोधपूर्ण कदमलाई अरु आयुक्तहरुले साथ नदिएपनि पाठकले कार्कीलाई सहयोग गर्दै आएका थिए । कार्कीले पाठकलाई महत्वपूर्ण मन्त्रालय हेर्ने जिम्मेवारी तोकेका थिए ।

 

उनी अख्तियारको आयुक्त बनेको केही महिनामै काठमाडौंको शान्तिनगरमा तीन कारोड असी लाख भन्दा माथि रकमको आलिसान बंगला खरिद गरेका थिए । शान्तिनगरको बाबुछिरी चोकमा रहेको निमा पासाङको घर उनले खरिद गरेका थिए । स्रोतका अनुसार उनी त्यहाँका आयुक्त बनेर गएसँगै एक वर्षको दौरानमा पचाँस करोडभन्दा बढी पुगिसकेको छ । आयुक्त पाठकले भ्रष्टाचारी एवं शंकास्पद व्यक्तिहरुसँग अनुचित सम्बन्ध राख्ने र उनीहरुसँग आर्थिक लाभ लिने गरेको तथ्य पर्दाफास भइसकेको छ ।

 

पाठकले लोकमानसँग मिलेर विभिन्न मन्त्रालयका ठेक्कबापट्टा र सरुवा बढुवामा चरम हस्तक्षेप गर्दैआएका थिए ।
लोकमान पदच्युत भए पनि पाठक त्यही आयुक्तको रुपमा कार्यरत थिए । उनले भ्रष्टाचारको मुद्धा लागेकाहरुसँग सेटिङ मिलाउने काम गर्दै आएका थिए ।

 

यिनै पाठकले स्वामित्व विवाद रहेको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैया घुस लिएको खुलेको छ । उनले २०७४ भदौमा पाठकले न्यौपानेबाट दुई पटक गरी ३८ र ४० लाख रुपैया घुस लिएका थिए । यस्ता भ्रष्ट आयुक्तलाई महाअभियोग लगाएर हटाउन निर्देशन दिइसकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेताहरुको बैठक बसालेका थिए ।सोही बैठकमा राजनारायण पाठकलाई महाअभियोगको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री ओलीले नै निर्देशन दिएपछि नेकपाका केही सांसदहरु यसको तयारीमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...