भ्यालेन्टाइन डे, कसैका अफेयर, कसैका इन्गेजमेन्ट, अनि कतिपयको बिहे



हाम्रो इकोनोमि

 

भ्यालेन्टाइन डेको अवसरमा पारेर अभिनेत्री बर्षा राउत र कलाकार संजोग कोइरालाले बिहीबार बिहे गरे । यो जोडीले सात बर्ष लामो प्रेम सम्बन्धलाई औपचारिक बन्धन दिए । त्यसको अघिल्लो दिन इन्गेजमेन्ट गरेका थिए ।

 

बर्षाले अभिनय गरेका पछिल्ला फिल्महरू बिस्तारै फ्लप हुन थालेपछि उनले बिहे गर्ने निधो गरेकी थिइन् सायद । त्यसैले उनले सामाजिक सञ्जालमा केही साता अघि बिहे गर्न लागेको जानकारी पनि दिएकी थिइन् ।

 

केही साता अघिमात्र सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा फिल्म निर्मात्री निकिता पौडेलले कानुनी बिहे गरे । अब, बाजा बजाउँदै आगामी वैशाखमा बिहेको तयारी भएको उनीहरूले जानकारी दिएका छन् । आफन्तको मर्जीमा बिहे

गरेका उनीहरू सामाजिक काममा जुट्ने अभियानमा पनि छन् ।

फिल्म छक्का पञ्जा २ रिलिज हुनासाथ त्यसमा अभिनय गरेकी हिरोइन दिपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईको कानुनी बिहेको जानकारी आयो । उनीहरू पनि लामो समयसम्म प्रेम सम्बन्धमा रहेको खुलासा आजभोली हुन थालेको छ । अहिले हनिमुनका लागि विभिन्न ठाउँको भ्रमणमा रहेका उनीहरूले यही साललाई बिहेका लागि उपयुक्त ठाने ।

फिल्मीनगरीमा आफ्ना जोडी खुलाउने, सम्बन्ध स्थापित गर्ने र बिहेको चरणसम्म पुग्ने लक्ष्य रहेको बताउने पनि कम छैनन् । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले इनगेजमेन्ट सकेका छन् । बिहे बाँकी छ । वैवाहिक बन्धनमा चाँडै बाँधिने घोषणा उनीहरूले गरिसकेका छन् । यो सम्बन्ध अति गहिरो रहेकोचाहिँ एउटा अवार्ड कार्यक्रममा दुवैले देखाएको ‘चुम्बन’ प्रकरणले प्रमाणित गरेको थियो । त्यसपछि उनीहरू खुले ।

त्यसो त अफेयरका चर्चा पनि खुलेआम हुने गरेका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा दिवांश राणाको प्रेममा उडिरहेकी छन् । केही दिन अघि भारतमा प्रेमीसँगै रमाइलो गर्न साम्राज्ञी पुगेकी थिइन् । उनको यो प्रेमको खुलासा फिल्म अवार्डदेखि जन्मदिनका अवसरमा खुलेको थियो ।

उता, यति एयरलाइन्सका मालिक तेन्जि शेर्पाका छोरा सोनाम शेर्पासँगको प्रेमलाई सामाजिक सञ्जालदेखि अन्यत्र पनि देखाउन चुकेकी छैनन् अर्की अभिनेत्री आना शर्मा । यो अफेयरको खुलासा सोनाम विभिन्न फिल्म अवार्डमा आनासँग देखिनुले मात्र होइन, आनाको इन्स्टाग्राममा काखैमा राखेदेखि चुम्बन गरेको तस्बिरसम्म सार्वजनिक हुनुले प्रमाणित गरेकै थियो ।

उता नम्रता श्रेष्ठ र दावा शेर्पाको प्रेम पनि नयाँ होइन । अलिक खुलाउन नचाहे पनि केही महिनाअघि उनीहरू धेरै ठाउँमा देखा परेकै थिए ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...