प्रहरी हुँ भन्दै दाङकी एक महिलालाई बलात्कार गर्ने प्रहरी हवल्दार गम्भीर चन्द पक्राउ
एक महिलालाई बलात्कार गरेको अभियोगमा दाङमा प्रहरीले एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय फूलबारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

बिहीबार राति स्थानीय एक महिलालाई करणी गरेको अभियोगमा चन्दलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित महिलाको मेडिकल जाँच गर्ने, जाहेरी लिने काम भैरहेको छ । घटनाका अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
आफू प्रहरी भएको बताउँदै ढोका खोल्न लगाएर मुख थुनेर ती महिलालाई बलात्कार गरेका दाबी पीडितको छ । चन्दको स्थायी घर कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ हो ।
प्रेम दिवसकै दिन बहिनीको प्रेमीको विभत्स हत्या
उत्तर प्रदेश को सीतापुर जिल्लामा, एक व्यक्तिले प्रणय दिवसका दिन बहिनीको प्रेमीको हत्या गरेका छन ।
मृतक उनकै साथि रहेको जानइएको छ । आफ्नो बहिनी र साथिका बिचमा प्रेम सम्बन्ध भएको थाहा पाएपछि ति व्यक्तिले ,आफ्नै साथिको गोली हानेर हत्या गरेका हुन ।
उनलाई आफ्नो साथिको व्यवहारले रिस उठ्यो र उनले बहिनीको प्रेमीको हत्या गरे । सितापुर बसपार्क नजिकैको रेस्टुरेन्टमा हत्या गरिएको थियो ।
शानु नाम भएका ति व्यक्तिले आफ्ना ३४ वर्षीय मित्र धर्मेन्द्र सिंहलाई गोली हानी हत्या गरेपछि उनी केही समय पछि धमेन्द्रको ज्यान गएको थियो ।
प्रहरीले जानकारी अनुसार शानु घटना पछि गिरफ्तार भएका थिए । प्रहरीले हत्यामा प्रयोग गरिएको स्वदेशी पेस्तोल पनि बरामद गरेको छ ।
मृतक धर्मेन्द्र अभियुक्त शानुको घरमा भाडामा बसिरहेका थिए । उनी शानुको बहिनीसँग प्रेम सम्बन्धमा थिए ।
शानुले यो सम्बन्धको विरोध गरे तर तिनीहरू दाईको कुरा सुन्न मानेनन् । यसैले उनले धर्मेन्द्रलाई मारे ।
पुलिसका अनुसार, हत्याको यो सम्पूर्ण घटना रेस्टुरेन्टको सीसीटीवी क्यामेरामा रेकर्ड गरिएको थियो ।
विहेभोज खान गएकी ११ वर्षीया बालिकाकाे बलात्कारपछि जिउँदै जलाएर हत्या
धनुषा जिल्लाकाे जनकपुरधाममा विहेभोज खान गएकी ११ वर्षीया बालिकाकाे बलात्कारपछि जिउँदै जलाएर हत्या भएकाे छ । बलाल्कार भएकी बालिकाकाे आधा शरीर जलेको अवस्थामा शव फेला परेको हो ।
जनकपुर मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै विहेभोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिएका छन् ।

स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राईले बताए ।
आधा जलेको अवस्थामा शव फेला परेपछि बालिकालाई बलात्कार गरी जिउँदै अथवा हत्या गरेर जलाएको हुन सक्ने स्थानीय बासिन्दाको आशंका छ । तर प्रहरीले हत्या भएपनि के, कसरी हत्या गरिएको हो भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने बताएको छ ।


