बलिउड अभिनेता अर्जुन रामपालविरुद्ध मुद्दा दर्ता



बलिउड अभिनेता अर्जुन रामपाल सिने क्षेत्रका कारण नभई व्यवहारिक कारणले विवादमा फसेका छन् ।

अर्जुनलाई एक करोड रुपैयाँ नतिरेको आरोप लागेको छ । एक इन्टरटेनमेन्ट कम्पनीका अनुसार अर्जुनले एक करोड रुपैयाँ ऋण लिएर पछि नतिरेको आरोप लागेको छ । अर्जुनले गएको वर्ष वाइटी इन्टरटेन्मेन्ट कम्पनीबाट १ करोड रुपैयाँ ब्याजमा ऋण लिएका थिए । अर्जुनले यो कम्पनीसँग ९० दिनभित्र १२ प्रतिशत ब्याजसहित तिर्ने सर्तमा ऋण लिएका थिए ।

तर अर्जुन रामपालले अहिलेसम्म पनि ऋण तिर्न नसकेपछि कम्पनीले अर्जुनविरुद्ध मुद्धा दर्ता गरेको छ । अर्जुन रामपालले भने यो कम्पनीले लगाएको आरोपको खण्डन गर्दै आफूले लिएको ऋण तोकिएकै समयभित्र तिरिसकेको बयान दिएका छन् ।

आफूले पैसा तिरिसकेको भए पनि कम्पनीले आफूविरुद्ध मुद्धा दर्ता गरेको बताउने अर्जुनले अदालतमा आफ्नो गल्ती नभएको कुरा सावित गर्ने बताएका छन् । यता कम्पनीले भने अर्जुनले चेक दिएको भए पनि उनको खातामा पैसा नभएका कारण चेक बाउन्स भएको आरोप लगाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको