बलिउड अभिनेता अर्जुन रामपालविरुद्ध मुद्दा दर्ता



हाम्रो इकोनोमि

बलिउड अभिनेता अर्जुन रामपाल सिने क्षेत्रका कारण नभई व्यवहारिक कारणले विवादमा फसेका छन् ।

अर्जुनलाई एक करोड रुपैयाँ नतिरेको आरोप लागेको छ । एक इन्टरटेनमेन्ट कम्पनीका अनुसार अर्जुनले एक करोड रुपैयाँ ऋण लिएर पछि नतिरेको आरोप लागेको छ । अर्जुनले गएको वर्ष वाइटी इन्टरटेन्मेन्ट कम्पनीबाट १ करोड रुपैयाँ ब्याजमा ऋण लिएका थिए । अर्जुनले यो कम्पनीसँग ९० दिनभित्र १२ प्रतिशत ब्याजसहित तिर्ने सर्तमा ऋण लिएका थिए ।

तर अर्जुन रामपालले अहिलेसम्म पनि ऋण तिर्न नसकेपछि कम्पनीले अर्जुनविरुद्ध मुद्धा दर्ता गरेको छ । अर्जुन रामपालले भने यो कम्पनीले लगाएको आरोपको खण्डन गर्दै आफूले लिएको ऋण तोकिएकै समयभित्र तिरिसकेको बयान दिएका छन् ।

आफूले पैसा तिरिसकेको भए पनि कम्पनीले आफूविरुद्ध मुद्धा दर्ता गरेको बताउने अर्जुनले अदालतमा आफ्नो गल्ती नभएको कुरा सावित गर्ने बताएका छन् । यता कम्पनीले भने अर्जुनले चेक दिएको भए पनि उनको खातामा पैसा नभएका कारण चेक बाउन्स भएको आरोप लगाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...