अमेरिकामा संकटकाल घोषणाको तयारी



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि देशमा संकटकालको घोषणा गर्ने तयारी गरेका छन् । उनले संसदलाई छल्दै संकटकाल लगाउने तयरी गरेको अमेरिकी अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ ।
उनले सैनिक कोषबाट रकम निकासा गरी पर्खाल लगाउने बताइएको छ । विपक्षी डेमोक्र्याट नेताहरुले भने शक्तिको दुरुपयोग भन्दै ह्वाइट हाउसको तयारीलाई कानुनहीन कार्य भनेर आलोचना गरेका छन् ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा पर्खाल बनाउने कुरालाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएका थिए । ह्वाइट हाउसका प्रेस सेक्रेटरी सराह स्यान्डर्सले बिहीबार एक वक्तव्यमा राष्ट्रपतिबाट नयाँ कदम चाल्न लागिएको जनाएकी थिइन् ।  राष्ट्रपति ट्रम्पले खर्च सम्बन्धी विधेयकमा हस्ताक्षर गरेर अमेरिका आंशिक बन्दको अवस्था भने दोहोरिन नदिने जनाइएको छ ।

 

विपक्षी दलले राष्ट्रपति ट्रम्पले चाहेजस्तै मेक्सिकोको सीमामा पर्खाल बनाउन ५ अर्ब डलरभन्दा बढी रकम पारित गर्न अस्वीकार गरेका छन् । राष्ट्रपतिको चुनावी वाचाको  रुपमा रहेको पर्खाल बनाउने कार्यमा  अमेरिकी तल्लो सदनमा विपक्षीको बहुमत हुँदा ट्रम्पलाई अप्ठेरो परेको हो ।

 

किन संकटकाल ? अदालतले रोक्न सक्छ !

अमेरिकामा संकटकाल घोषणा भएको अवस्थामा राष्ट्रपति ट्रम्पले हाल सेना वा विपद् व्यवस्थापनका लागि छुट्याइएको बजेट पर्खाल बनाउने कार्यका लागि खर्च गर्न सक्छन् । त्यही भएर नै उनले अन्तिम अस्त्रको रुपमा यसलाई प्रयोग गर्न लागेका हुन् । यद्यपि विपक्षी मात्रै होइन उनकै रिपब्लिकन पार्टीका कतिपय नेताले पनि ट्रम्पको योजनालाई मन पराएका छैनन् ।

 

राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिहालेपनि  त्यसविरुद्ध अदालतमा मुद्धा पर्न सक्ने र त्यसलाई अदालतले रोक्न सक्ने सम्भावना भने अझै रहेको छ ।  एक बीबीसी संवाददाता भन्छिन्,“ ट्रम्पले संकटकाल घोषणा गरिहालेपनि त्यसलाई अदालतमा चुनौती दिइने र त्यो प्रभावकारी नहुने सङ्केतहरू देखिइसकेका छन् ।”
बीबीसीबाट

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...