अमेरिकामा संकटकाल घोषणाको तयारी



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि देशमा संकटकालको घोषणा गर्ने तयारी गरेका छन् । उनले संसदलाई छल्दै संकटकाल लगाउने तयरी गरेको अमेरिकी अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ ।
उनले सैनिक कोषबाट रकम निकासा गरी पर्खाल लगाउने बताइएको छ । विपक्षी डेमोक्र्याट नेताहरुले भने शक्तिको दुरुपयोग भन्दै ह्वाइट हाउसको तयारीलाई कानुनहीन कार्य भनेर आलोचना गरेका छन् ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा पर्खाल बनाउने कुरालाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएका थिए । ह्वाइट हाउसका प्रेस सेक्रेटरी सराह स्यान्डर्सले बिहीबार एक वक्तव्यमा राष्ट्रपतिबाट नयाँ कदम चाल्न लागिएको जनाएकी थिइन् ।  राष्ट्रपति ट्रम्पले खर्च सम्बन्धी विधेयकमा हस्ताक्षर गरेर अमेरिका आंशिक बन्दको अवस्था भने दोहोरिन नदिने जनाइएको छ ।

 

विपक्षी दलले राष्ट्रपति ट्रम्पले चाहेजस्तै मेक्सिकोको सीमामा पर्खाल बनाउन ५ अर्ब डलरभन्दा बढी रकम पारित गर्न अस्वीकार गरेका छन् । राष्ट्रपतिको चुनावी वाचाको  रुपमा रहेको पर्खाल बनाउने कार्यमा  अमेरिकी तल्लो सदनमा विपक्षीको बहुमत हुँदा ट्रम्पलाई अप्ठेरो परेको हो ।

 

किन संकटकाल ? अदालतले रोक्न सक्छ !

अमेरिकामा संकटकाल घोषणा भएको अवस्थामा राष्ट्रपति ट्रम्पले हाल सेना वा विपद् व्यवस्थापनका लागि छुट्याइएको बजेट पर्खाल बनाउने कार्यका लागि खर्च गर्न सक्छन् । त्यही भएर नै उनले अन्तिम अस्त्रको रुपमा यसलाई प्रयोग गर्न लागेका हुन् । यद्यपि विपक्षी मात्रै होइन उनकै रिपब्लिकन पार्टीका कतिपय नेताले पनि ट्रम्पको योजनालाई मन पराएका छैनन् ।

 

राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिहालेपनि  त्यसविरुद्ध अदालतमा मुद्धा पर्न सक्ने र त्यसलाई अदालतले रोक्न सक्ने सम्भावना भने अझै रहेको छ ।  एक बीबीसी संवाददाता भन्छिन्,“ ट्रम्पले संकटकाल घोषणा गरिहालेपनि त्यसलाई अदालतमा चुनौती दिइने र त्यो प्रभावकारी नहुने सङ्केतहरू देखिइसकेका छन् ।”
बीबीसीबाट

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...