मुग्लिनबाट एक घन्टामै पोखरा, सडक बिस्तारको डीपीआर अन्तिम चरणमा



हाम्रो इकोनोमि

 

 

मुग्लिन–पोखरा सडकखण्ड ४ मा बिस्तार हुने भएको छ । अहिले डीपीआरको काम अन्तिम चरणमा रहेको सडक विभाग अन्तर्गतको एडीबी निर्देशनालयका डेपुटी निर्देशक सुरेस पौडेलले जानकारी दिए ।

मुग्लिन–पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको डीपीआर क्यानेडियन कम्पनी एमएमएम ग्रुपले बनाइरहेको छ ।

प्रारम्भिक अनुमान अनुसार २० अर्व रुपैयाँको लागतमा उक्त सडकखन्डको बिस्तार पुरा हुने देखिएको पौडेलले जानकारी दिए ।

उक्त लागत डीपीआर तयार भएपछि केही फरक पर्न सक्ने जनाइएको छ ।

पौडेलका अनुसार उक्त योजनामा एडीबीले १५ अर्ब रुपैयाँ ऋण सहयोग गर्नेछ भने त्यसमा थप ५ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गर्ने छ ।

पर्यटकीयनगरी पोखरालाई जोड्ने प्रमुख मार्गको रुपमा रहेको यो सडकखन्ड डीपीआर तयार भएको ५ महिना भित्र ठेक्काको लागि टेन्डर आह्वान गर्ने तयारी भएको पौडेलले जानकारी दिए ।

‘यो योजनाका लागि एडीबी सकरात्मक रहेको छ, सरासर काम भयो भने डीपीआर तयार भएको ५ महिनामा टेन्डर खोल्ने छाैँ,’ मेरोअटोसँग पौडेलले भने ।

टेन्डर आह्वानपछि थप ५ महिना भित्र ठेकेदार कम्पनीको छनोट पुरागरि सडक बिस्तारको काम अगाडि बढाउने तयारी भइरहेको उनले जानकारी दिए ।

कहिले सुरु हुन्छ विस्तार ?

डीपीआर र ठेक्का प्रकृया पुरागरि ठेकेदार कम्पनी छनोटमा करिब १० महिना खर्च हुने देखिन्छ । सबै काम सहितरिकाले हुने हो भने अबको एक वर्ष भित्र सडक बिस्तारको काम सुरु हुने छ ।

यसरी विस्तार हुने सडकमा पहिलो मापदन्ड सडक दुर्घटना न्यूनीकरण हुने पोडेलले जानकारी दिए ।

‘सडकको बीचमा मिडियम राखिनेछ, त्यसले गर्दा विपरित दिशाबाट आएको गाडी ठोकिदैन र बस्ती भएको ठाउँमा सर्भिस लेन पनि राख्ने योजना बनाएका छौँ’ उनले भने ।

यस्तो हुनेछ सडक

उक्त सडक विस्तारपछि करिब २१ मिटर फराकिलो हुनेछ । अहिले करिब २ देखि ३ घन्टा लाग्ने उक्त सडक खन्डको यात्रा बिस्तारपछि एकदेखि डेढ घण्टा मात्र लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...