सेयरमा लगानीगर्नेको १ वर्षमा २ खर्ब ३५ अर्ब स्वाह, आत्महत्याको बाटोमा नेप्से



हाम्रो इकोनोमि

 

सेयर बजारका लगानीकर्ताहरुले एक वर्षमा २ खर्ब ३५ अर्ब रुपैयाँ गुमाएका छन् । सेयर बजार निरन्तर ओरालो लाग्दा एक वर्षमा लगानीकर्ताहरुले २ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ गुमाएका हुन् ।

 

आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको पुसमसान्तसम्म १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको सेयर बजारको पुँजीकरण चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा भने १४.१ प्रतिशतले गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

राष्ट्र बैंकका अनुसार सेयर बजारको पुँजीकरण घटेर चालु आर्थिक वर्षको ६ महिना अर्थात पुसमसान्तसम्म १४ खर्ब ३६ अर्ब ६७ करोड रुपैयाँमा आइपुगेको छ ।

 

पुँजीकरणमात्रै होइन नेप्से परिसूचकसमेतमा ठूलो गिरावट देखिएको छ । २०७४ पुस मसान्तमा १४३१.१ विन्दुरहेको नेप्से सूचकांकमा १७.७ प्रतिशतले ह्रास आई २०७५ पुस मसान्तमा १ हजार १ सय ७८.० विन्दु कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

अझ फागुनको २ गते अर्थात हिजो बिहीबारसम्म नेप्से परिसूचक झन तल झरेको छ । बिहीबार परिसूचक १ हजार १ सय १२ दशमलव ८७ अंकमा आइपुगेको छ ।

 

२०७५ असार मसान्तमा भने उक्त परिसूचक १ हजार २ सय १२ दशमलव ४ विन्दु रहेको थियो । सेयर बजार पूँजीकरण अघिल्लो वर्ष २०७४ पुस मसान्तमा ०.७ प्रतिशतले वृद्धि भएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकलाई हेर्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सेयर बजारको ४७.८ प्रतिशत हिस्सा देखिएको छ ।

 

९ लाख रकमसहित चितवनबाट २३ जुवाडे पक्राउ

 

प्रहरीले ९ लाख ३३ हजार नगदसहित २३ जुवाडेलाई चितवनबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट गएराति १२ बजे उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

 

जुवा खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, चितवनकी प्रहरी निरीक्षक चिलिमाया तामाङ नेतृत्वमा टोली छापा पार्न पुगेको थियो ।नियन्त्रणमा लिइएकाहरु गोरखा, चितवन र तनहुँका भएको बताइएको छ ।

पक्राउ परेका जुवाडेहरुले भ्यालेन्टाइन डेको अवसर पारेर कौडा खेलेको जनाएका छन् । नियन्त्रणमा लिइएकाहरुलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने चितवनका प्रहरी प्रमुख एसपी राठौरले जानकारी दिए । गएको तिहारमा पनि जुवा खेल्नेविरुद्ध चितवन प्रहरीले अप्रेशन चलाएको थियो । त्यसक्रममा १ सय २० पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...