जम्मू–कश्मिर आक्रमणमा, ४० भारतीय सुरक्षाकर्मीको मृत्यु



 

भारत प्रशासित जम्मू–कश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।

 

काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी उनीहरुको मृत्यु भएको हो ।

 

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय जैस–ए– मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै “भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा आफ्नो वाकास कमाण्डो भनिने आदिल अहमदले गराएको उनी जैस–ए– मोहम्मद इस्लामिक समूहका लडाकू रहेको” स्थानीय सञ्चारमाध्यमलाई पठाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई बर्षमा भएको सबैभन्दा ठुलो आक्रमण हो । भारतको काश्मिरमा करिब पाँच लाख सैनिक कार्यरत छन् भने उक्त स्थानमा सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण भएको विवादका कारण प्राय अशान्त रहँदै आएको छ ।

 

जवानको शहादत ब्यर्थ नजाने मोदीको भनाइ
घटनापछि भारतीय एकजुट

यो घटनापछि भारतीयहरु एकजुट भएका छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति बेंकैया नायडू, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, काँग्रेस अध्यक्ष राहुल गान्धी, काँग्रेस महासचिव प्रियंका गान्धी लगायतले घटनाको निन्दा गरेका छन् ।

 

मोदीले पुलवामामा सीआरपीएफका जवानमाथि भएको हमला घृणित हो भनेका छन् । उनले जवानको शहादत बेकार नजाने उल्लेख गरेका छन् ।  मोदीले पूरा देश जवानहरुको पीडित परिवारको साथमा रहेको बताएका छन् । मोदीले गृहमन्त्री सिंह, सीआरपीएफ अधिकृतहरु, सुरक्षा सल्लाहकार अजीत डोभालसंग यसबारे छलफलसमेत गरेका छन् ।

 

त्यसैगरी राष्ट्रपति कोविन्दले घटनाको निन्दा गर्दै शहीद परिवारप्रति संवेदना र प्रार्थना गरेका छन् । उनले पूरा देश यस आतंकवादी गतिविधिको खिलाफमा रहेको बताएका छन् ।

 

उपराष्ट्रपति नायडूले पनि समवेदना प्रकट गर्दै परिवारलाई धैर्यता प्रदान गर्न ईश्वरसंग प्रार्थना गरेका छन् ।

त्यसैगरी राहुल गान्धीले सीआरपीएफमाथिको हमलाले निकै निराश बनाएको उल्लेख गर्दै शहीद परिवारप्रति शंवेदना प्रकट गरेका छन् ।

अरुण जेट्लीले देश शहीदको साथमा खडा रहेको र यो कृत्यको यस्तो सबक सिकाउने जो आतंकवादीले कहिल्यै भुल्न सक्ने छैनन् भनेका छन् ।

 

गृहमन्त्री सिंहले यो हमला दर्दनाक तथा छट्पटी ल्याउने घटना भएको भन्दै घटनामा पाकिस्तानको हात रहेको बताएका छन् । उनले यसको जवाफ दिने पनि बताएका छन् ।

 

प्रियंका गान्धीले सुरक्षाकर्मीमाथि भएको आक्रमणप्रति दुःखी भएको भन्दै आतंकवादी हमला रोक्नका लागि सरकारलाई कडा कदम चाल्न आग्रह गरेकी छिन् । उनले परिवारको सदस्य गुमाउनुको पीडा आफूले बुझेको भन्दै पीडित परिवारको साथमा रहेको बताएकी छिन् ।

 

अमेरिकाले भन्यो भारतको साथ
भारतका लागि अमेरिकी राजदूत केनेथ जस्टरले आतंकवादी हमलाको निन्दा गर्दै पीडित परिवारप्रति संवेदना प्रकट गरेका छन् ।  उनले अमेरिका आतंकको खिलाफमा रहेको र आतंक विरुद्धको लडाईंमा भारतको साथमा रहेको पनि जनाएका छन् ।

 

रुसले पनि आतंकप्रति निन्दा गरेको छ । रुसी दूतावासले पनि आतंकवादप्रति हरतरहको निन्दा गर्ने भनेको छ । अमानवीय हर्कत गर्नेमाथि कडा कार्वाही हुनुपर्नेमा रुसले जोड दिएको छ ।

संयुक्त राष्ट्रसंघले पनि यो घटनाको कडा निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने