नेपाल प्रहरीका एक जवानको सुसुरालीमा लुकाएको पाँच किलो सुन बरामद



हाम्रो इकोनोमि

 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ ।

 

इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले छापा मारी सुन बरामद गरेको हो । प्रहरीका अनुसार गोठमा खाल्डोमुनि दुई पोकामा लुकाइछिपाइ राखेको अवस्थामा सुन बरामद भएको हो । बरामद सुन जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । सुन पाइएको घर प्रहरीकै एक जनावको ससुराली घर हो ।

 

 

प्रहरी स्रोतका अनुसार सुन भारतबाट ल्याएको हुनसक्ने बताइएको छ । बिहीबार मात्रै प्रहरीले पुनरवास नगरपालिकाको दशरथबस्तीका शङ्कर विकको घरबाट १८ किलो सुन बरामद गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले सुन र पक्राउ गरेका व्यक्तिहरुबारे पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...