मेरो एक वर्षे कार्यकालमा समृद्धिको आधार तयार भयोः प्रधानमन्त्री



 

प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो कार्यकालमा राजनीतिक स्थिरता भएकाले समृृद्धिको आधार तयार भएको बताएका छन् ।  बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालमा भएगरेका कामहरु सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।  उनले आफ्नो पहिलो बर्षको कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयनलगायतका काम गर्न सफल भएको बताए ।

 

प्रधानमन्त्रीले २५ कानुन पारित, २३ विधेयक विचाराधिन २४ विधेयक प्रस्तुत भएको र लगानी मैत्री वाताबरणका लागि ऐन परिमार्जनको तयारी भएको बताएका छन् ।  औद्योगिक क्षेत्रको विस्तार, उद्योग दर्ता एकल सेवा केन्द्रको तयारी भएको तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि आह्वान गरेको प्रधानमन्त्रीले बताएका छन् ।

 

त्रिवि विमानस्थल २४ घण्टा सञ्चालन तथा अन्य विमानस्थलहरु पोखरा,लुम्बिनी, तथा निजगढ विमानस्थलको निर्माण तथा सञ्चालन गर्न तीव्र तयारी भएको प्रधानमन्त्रीले आफ्नो उपलव्धिका रुपमा व्याख्य गरेका छन् ।  त्यस्तै ८७ वटा पुल, ४१७ झोलुङगे पुल बनाएको, तथा जयनगर जनकपुर रेल सेवा सञ्चालनको काम भएकाले विकासले तीव्रता पाएको प्रधानमन्त्रीको भनाई छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा सरकार गम्भीरताका साथ लागेको दावी गरेका छन्। आफ्नो सरकार बन्नुअघिका सरकारले संविधानअनुसार कानुन बनाउने कामलाई हलुका ढंगले लिएकोले त्यसको अपजससमेत आफूले लिएर काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

 

सरकारको एक वर्षको समीक्षा : संघीयता, सुशासन र समृतद्धिको आधार वर्ष’ शीर्षकमा सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधानमा लेखिएका कुरा ‘भन्ने कुरा त हो’ भन्ने गीतजस्तो नभएको टिप्पणी गरे।

 

‘संविधानमा लेखिएका कुरा र त्यसको कार्यान्वयनको समयसीमा  वर्तमान सरकारअघिका सरकारलाई पनि थाहा थियो तर म सरकारमा आउँदा ती कामले सरकार पर्खिरहेका थिएँ’, प्रधानमन्त्रीले भने, ‘संविधानमा लेखिएका  कुरा ‘यो त भन्ने कुरा न हो’ भन्ने गीत जस्तो होइन।’

 

वर्तमान सरकार बनेपछि १६ कानुन निर्माण भइ कार्यान्वयनमा रहेको प्रधानमन्त्रीले सुनाए। मौलिक हक सम्बन्धी २५ कानुन संघीय संसदबाट पारित भएको उनले बताए। २३ विधेयकसंसदमा प्रस्तुत भएका र २४ विधेयक प्रस्तुत गर्ने अन्तिम तयारीमा रहेको उनले सुनाए।

 

३३९ कानुनमध्ये संविधानमा मेल नखानेलाई संविधान अनुकूल बनाउन लागिएको उनले सुनाए। संघ, प्रदेश र स्थानीय तहहरूमा अत्यन्त जटिल रहेको कर्मचारी समायोजनको काम पनि पूरा हुनै लागेको उनले बताए।
गत वर्ष फागुन ३ मा केपी ओली नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्रीले सरकारले गरेका काम सम्बोधनमार्फत् सुनाइरहेका हुन्।

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही