जनताको जलविद्युत आयोजना घोषणा, हरेक नेपाली जलविद्युतको सेयरधनी



हाम्रो इकोनोमि

 

 

सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गरेको छ । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार औपचारिक उद्घाटन गरे ।

 

कार्यक्रम घोषणा गर्दै प्रधानमन्त्री ओलीले १० बर्ष भित्र नेपालले विकासको काँचुली फेर्ने दाबी गरे । ओलीले तीव्र गतिमा विकासको जग बसाएकाले दश वर्षभित्र नेपालले विकासमा काचुली फेर्ने बताएका हुन् ।

 

‘यो बर्ष विकासका निम्ति आधार वर्ष हो । अहिलेका लागि होइन, ५ वर्षका लागि होइन, आगामी धेरै वर्षका लागि विकासको आधार हो । यसले मजबुत आधार बनाएको छ’, प्रधानमन्त्री ओलीले भने ।

 

उनले अहिलेको सरकारले कानूनी, आर्थिक, संरचनागत, व्यवहारिक सबै हिसाबले बलियो जग तयार पारेको भन्दै यसले हजार तले घर पनि थाम्न सक्ने दावी गरे । प्रधानमन्त्री ओलीले अहिलेको सरकारले यसअघि एक वर्षको अवधिमा कसैले गर्न नसकेको काम गरेको पनि दावी गरे ।

 

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले योजना अन्र्तगत जनताको छरिएर रहेको पूँजी परिचालन गर्नेे बताए । उनले स्वदेशी लगानीमै नेपालभित्र ३ हजार मेघावाटभन्दा बढि जलविद्युत आयोजना सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारले कार्यक्रमको औपचारिक घोषणा गरिएको जनाए ।

 

मन्त्री पुनले ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मूल नारा तय गरिए अन्तरगत सरकारले ३ हजार ७ सय ७९ मेघावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको जनाए ।

 

मन्त्री पुनले कम्पनी मोडलमा आयोजना निर्माण गरिने भन्दै नाफाको ग्यारेण्टीसहित आयोजनामा २०९ खर्व स्वदेशी लगानी हुने जानकारी दिए ।मन्त्रालयका अनुसार आयोजनामा सर्वसाधारणको ४९ प्रतिशत सेयर तथा संस्थापकतर्फ ५१ सेयर रहने गरी कानुनी व्यवस्था पनि गरिएको छ । यो कार्यक्रम अन्तरगत ३ हजार ७ सय ८९ मेघावाट क्षमताका १९ वटा विद्युत आयोजना छनोट भएका छन् ।

 

जसमा स्वदेशी तथा विदेशी गरी करिव ७ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ । मन्त्री पुनले नेपाल सरकारको अन्तरनिहित दृष्टिकोणलाई मुर्त रुप दिन आयोजना सञ्चालन गर्न लागेको भन्दै यो राष्ट्रिय अभियानमा सवैको सहभागिता हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...