कृषि सूचनामा अझै श्री ५ को सरकार : हाकिमहरुको मस्ती



हाम्रो इकोनोमि

 

सरकारी निकायहरु कतिसम्म निकम्मा छन् भन्ने कुराको पुष्टि कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले गरेको छ । नेपाली किसानहरुलाई विभिन्न जानकारीमूलक सूचना प्रविधिका बारेमा जानकारी दिने  अड्डाकारुपमा रहेको सो सूचना केन्द्रले गणतन्त्र स्थापना भएको १२ वर्ष वितिसक्दा पनि श्री ५ को सरकारकै लोगोसहित श्रव्यदृश्य सामग्री किसानहरुलाई उपलब्ध गराउँदै आइरहेको छ ।

प्रत्येक किसानसँग रु २५ रुपैयाँ  शुल्क लिएर कृषि प्रविधिसम्वन्धी यस्ता प्रचार सामग्री बाँडिरहेको सो केन्द्रले नेपाल सरकारकारुपमा परिवर्तन गर्नु पर्नेमा हालसम्म पनि त्यसो गरेका पाइंदैन । प्रत्येक वर्ष २० औ लाख खर्च गरेर कृषि सम्वन्धी प्रविधि तथा जानकारीमूलक श्रव्यदृश्य सामग्री निर्माण गरेको भएपनि ती सामग्री अहिलेसम्म पनि किसानका हातमा पुगेका छैनन् । बरु उही श्री ५ को सरकार कै काल, एक दशक अघिको श्रव्यदृश्य सामग्री विक्री वितरण गरिरहेको छ ।

दर्जनभन्दा बढी श्रव्यदृश्यमा काम गर्ने कर्मचारीहरु भएको भएपनि विभिन्न एनजीओको कार्यक्रममा बृत्तचित्र निर्माण गर्ने र केन्द्रको दैनिक भत्ता र सरकारी गाडी प्रयोग गरेर तर मारिरहेका छन् । कृषि सूचना तथा प्रशिक्षण केन्द्रको हाजिरी हेर्ने हो भने त्यही नै पुष्टि गर्दछ । (हाजिरी साँघु  साप्ताहिकसँग सुरक्षित छ )

कृषि विकास मन्त्रालयकै रकमबाट विदेशमा अध्ययन गरेर आएका राजु घिमिरे अहिले केन्द्रका चल्तापुर्जा मानिन्छन् उनी सूचना अधिकारी भएपनि कार्यालयमा कहिल्यै भेटिँदैनन् ।  उपसचिव पदका घिमिरे र शााखा अधिकृत सरहका श्रीराम पुडासैनीको लागि कमाउने थलोका रुपमा सूचना केन्द्र बनिरहेको आरोप छ ।

 

कृषि सूचना तथाप प्रशिक्षण केन्द्रमा यी दुईको बोलवाला चल्ने गरेका कारण कार्यलय प्रमुख समेत यिनीहरुको हर्कतबाट वाक्क भईसकेको स्रोत बताउछ । विगत पाँच वर्षभित्रको काम हेर्ने हो भने कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वास्तविकत प्रष्ट हुन्छ । केन्द्रले निर्माण गर्ने श्रव्यदृश्य सामग्री यी दुईको मिलेमतोमा तिमल्सेना फिल्सम्मार्फत निर्माण गरी रकम पचाउने गरेको आरोप छ ।

अझ श्रीराम पुडासैनीले त सूचना केन्द्रको सवारी साधन मात्र होइन कार्यालयकै क्यामरालगायतका सामग्री प्रयोग गरी दातृ निकायहरुको बृत्तचित्र निर्माण गर्दै आईरहेका छन् । कार्यालय निर्माण गर्ने श्रव्यदृश्यका लागि आफ्नै नाममा पेश्की लिई काम नै नगरी पुराना निर्माण भईसकेका श्रव्यदृश्य कपी गरी बुझाउने गरेका समेत फेला परेको स्रोत बताउछ ।

स्रोतका अनुसार, सूचना तथा सञ्चार केन्द्रको भिडियो क्यामरा तिमल्सेना प्रोडक्सनमार्फत भाडामा लगाएर रकम असुली रहेको आरोप पनि लागेको छ । पुडासैनी रेडियो प्रसारक अधिकृतकारुपमा जागिर खाईरहेको भएपनि उनले भिडियो क्यामरालगायतका सामग्री आफ्नो मातहतमा लिएर भाडामा लगाउने गरेका छन् । जसले सरकारी निकाय सूचना केन्द्रलाई वार्षिक लाखौ क्षति भईरहेको देखिन्छ ।

 

त्यत्तिमात्र होइन सूचना तथा प्रशिक्षण केन्द्रले लक्ष्य अनुरुप काम गर्न सकेको छैन । दर्जनभन्दा बढी कर्मचारी पालेर बसेको केन्द्रले नेपाल टेलिभिजनलाई नै बार्षिक १ करोड रुपैयाँ भुक्तानी गरी त्यहीँबाट दैनिक कृषि कार्यक्रम उत्पादन गर्दै आइरहेको छ भने पुडासैनीले नेपाल टेलिभिजनबाट समेत कमिशन लिँदै आईरहेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...