किम–ट्रम्पको दोस्रो भेट भियतनामनै किन यस्तो छ कारण



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शीर्ष नेता किम जोङ उन फेव्रुअरी २७–२८ भियतनाममा भेट्ने निश्चित भएको छ ।  यसअघि दुई नेताहरुबीच सन् २०१८ जूनमा सिंगापुरमा भेटघाट भएको थियो ।

 

यस्तोमा दुई नेताको भेटघाटको लागि यो पटक कम्युनिष्ट देश भियतनामलाई नै किन रोजियो ?  यसको खास कारणहरु छन् । यसमा चीनको अदृश्य रुपमा भए पनि महत्वपूर्ण भूमिका छ ।  जानकारहरुका अनुसार सिंगापुरजस्तै भियतनामको पनि दुवै पक्षसँग राजनीतिक सम्बन्ध छ । भियतनाममा उत्तर कोरियाको एक उच्चायोग पनि छ ।

 

कम्युनिष्ट–कम्युनिष्ट भाई–भाई

भियतनाम र उत्तर कोरिया दुवैमा कम्युनिष्ट शासन छ । अझ किम जोङ्ग उन त भियतनामको आर्थिक र राजनीतिक मोडेलसँग निक्कै प्रभावित रहेको विश्वास गरिन्छ । दक्षिण कोरियाका मिडियाका अनुसार उनी आफ्नो देशमा लागु कठोर प्रतिबन्ध खुकुलो भएपछि आफ्नो देशमा पनि यही मोडेललाई कार्यन्वयन गर्न चाहन्छन् ।

 

दक्षिण कोरियाली मिडियाका रिपोर्टअनुसार किम जोङ उनले दक्षिण कोरियाका राष्ट्रपतिसँगको भेटघाटमा चीनको साटो भियतनामको आर्थिक मोडेलको निक्कै प्रशंसा गरेका थिए । तथापि जानकारहरुको विश्वासमा उत्तर कोरियाका कैयन यस्ता जटिल मुद्धाहरु छन्, जुनबाट पार पाउन उसले भियतनाम र चीन दुवैबाट सिक्नुपर्छ ।

 

यही उदेश्यले सन् २०१८ नोभेम्बरमा उत्तर कोरियाका विदेश मन्त्रीको नेत्तृत्वमा एक विशेष दल भियतनामको राजधानी हनोई गएको थियो ।  यस भ्रमण दलका सदस्यहरुले त्यहाँको स्थानीय सरकारको प्रतिनिधिहरुसँग भेटघाटमा उत्तर कोरियामा भियतनाम शैलीमा केही परिवर्तन भइरहेकोमा खुसी व्यक्त गरेका थिए ।

 

भ्रमण दलले भियतनामलाई आफ्नो सामाजिक–आर्थिक विकासको अनुभवहरु शेयर गर्न आग्रह गर्यो । उत्तर कोरिया र भियतनामको राजनीतिक सम्बन्ध सन् १९५० देखिको हो । यो अवधिमा दुई देशबीच रहेको व्यापारिक सम्बन्धमा कयैन पटक मतभेद पनि देखियो । तर भियतनामले यो सम्बन्धलाई टुट्न भने दिएन ।

 

इतिहासमा अमेरिकाले भियतनाममाथि २० वर्ष लामो युद्ध थोपरेको थियो । इतिहासमा अमेरिकाले भियतनाममाथि लगभग दुई दशक लामो युद्ध थोपर्यो । सन् १९७५ मा युद्ध सकिँदा भियतनाम बर्बादीको अवस्थामा पुगेको थियो ।

 

युद्धमा पश्चिमी देशहरु पुरा लाग्दा पनि भियतनामको कम्युनिष्ट गुरिल्ला हराउन नसकेपछि भियतनाममा कम्युनिष्ट शासनको जग बलियो भएको थियो । यसपछि पश्चिमी देशहरुको लागि भियतनाम अछूत जस्तो भएको थियो ।

 

घोर आर्थिक संकटसँग जुधिरहेको भियतनाममाथि पश्चिमी राष्ट्रहरुले उल्टो बलियो खालको अन्तराष्ट्रिय प्रतिबन्ध लगाइयो । यस्तोमा यो देशका लागि आर्थिक स्थिति मजबुद बनाएर अर्थव्यवस्थालाई ट्र्याकमा ल्याउनु ठूलो चुनौती थियो ।

 

खराब आर्थिक व्यवस्थाबाट उठ्नको लागि भियतनामले आर्थिक सुधारका कयैन श्रृंखलाबद्ध कदमहरु उठायो ।  यी कदमहरु कुशल कार्यन्वयनले गर्दा भियतनाम दक्षिण–पूर्वी एसियामा सबैभन्दा तीव्र गतिमा उदाएको अर्थव्यवस्थामा सामेल हुन सफल भयो ।

 

यही सुधारहरुको असरले गर्दानै सन् २०१८ मा भियतनामको कुल ग्राहस्थ उत्पादनको वृद्धि दर लगभग ७% रहेको थियो ।  उस्तै उस्तै इतिहासका कारण भियतनाम उत्तर कोरियाको लागि राम्रो उदाहरण बन्न सक्छ ।

 

एकल कम्युनिष्ट शासन भएकाले दुवै देशलाई अरु देशहरुसँग व्यापारिक सम्बन्ध बनाउन त्यति राजनीतिक सहमतिको अफ्ठ्यारो आउँदैन ।  पछिल्ला केही वर्षहरुमा भियतनाममा कयैंन अर्ब अमेरिकी डलर लगानी भइसकेको छ । साथमा यो देशले युरोपेली संघसमेत ट्रान्स प्यासिफिक साझेदारीजस्तो स्वतन्त्र व्यापार सम्झौता गरेको छ ।

 

अमेरिका–भियतनाम सम्बन्ध : शत्रुबाट मित्रतातर्फ

ट्रम्पको लागि पनि भियतनाम सुरक्षित स्थान हो । पछिल्लो केही वर्षयता यी दुई देशको सम्बन्धमा निक्कै सुधार आएको छ ।  भियतनाम सरकारले वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्प र उनी अघिका बाराक ओबामासँग कयैन वार्ताहरु गरिसकेका छन् ।

 

सन् २०१७ मेमा डोनाल्ड ट्रम्प र भियतनामका प्रधानमन्त्रीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको थियो ।   त्यसपछि सन् २०१७ को अन्तिममा ट्रम्प आफै भियतनामको भ्रमणमा गएका थिए । हाल दुवै देशबीच बलियो व्यापारिक सम्बन्ध छ ।

 

अमेरिकाको लागि यो व्यापारिक सम्बन्ध, चीनसँगको व्यापार युद्धको कारण पनि विशेष छ । अमेरिकाले प्रशान्तीय क्षेत्रमा चीनलाई काउन्टर दिने राष्ट्रको रुपमा भियतनामलाई अंगालेका छ ।  दुवै कम्युनिष्ट देश भए पनि चीन र भियतनामबीच त्यति सुमधुर सम्बन्ध छैन ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...