घरभित्र खाल्डो खनेर बोरामा लुकाइएको थियो १८ किलो सुन, हेर्नुस् तस्वीर



हाम्रो इकोनोमि

 

कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीमा ठूलो परिमाणमा सुन लुकाइएको सूचना पाएपछि बिहीबार दिउँसो अनुसन्धान अधिकारीहरुको एउटा टोली त्यसतर्फ हुइँकियो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको क्षेत्र भए पनि त्यहाँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवर पनि खटिएका थिए । निर्मला हत्या प्रकरणको अनुसन्धान गरिरहेको यो प्रहरी टोलीले सुनबारे सुराक पाएको थियो ।

जब दिउँसो प्रहरी टोलीले शंकास्पद घरमा गएर छापा हान्यो, सुरुमा त केही भेटिएन । तर, एउटा कोठामा स्टोर गरिएको आलुलाई पन्छाउँदा त्यहाँ खोस्रिएको जस्तो सुख्खा माटो देखियो । त्यसपछि प्रहरी त्यहाँ खन्न थाल्यो ।

केहीवेरमै प्रहरीले त्यहाँ सेतो प्लाष्टिकको बोरा फेला पार्‍यो, जसमा सुनका १८ वटा बिस्कुट थिए । हरेक विस्कुटलाई कालो कपडा बेरिएको थियो । कपडाको पोका खोलेर हर्दा हरेकमा सुन भेटिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सुन भारतबाट ल्याइएको देखाएको छ । घटनामा संलग्न एक जना पक्राउ परेका छन् भने थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...