प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत



हाम्रो इकोनोमि

 

भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा स्मिता दाहाल र शानिध्य खनालले गाएको नयाँ गीत सार्वजनिक भएको छ ।

स्मिता नेकपा अध्यक्ष प्रचण्डकी नातिनी हुन् भने शानिध्य सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका छोरा हुन् ।

उनीहरुले भ्यालेन्टाइन डेको अवसर पारेर ‘यो मन उड्यो चरा बनी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

यो गीत सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ‘शरद’ आफैंले लेखेका छन् । गीतमा गैरे सुरेशले संगीत दिएका छन् । संगीत संयोजन कोविद बज्रले गरेका छन् ।

युवराज वाइबाको निर्देशनमा बनेको म्युजिक भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय छ । उत्सव दाहालको सिनेमटोग्राफी र बिकाश दाहालले सम्पादन गरेको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो

 

 

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...