प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत



हाम्रो इकोनोमि

 

भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा स्मिता दाहाल र शानिध्य खनालले गाएको नयाँ गीत सार्वजनिक भएको छ ।

स्मिता नेकपा अध्यक्ष प्रचण्डकी नातिनी हुन् भने शानिध्य सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका छोरा हुन् ।

उनीहरुले भ्यालेन्टाइन डेको अवसर पारेर ‘यो मन उड्यो चरा बनी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

यो गीत सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ‘शरद’ आफैंले लेखेका छन् । गीतमा गैरे सुरेशले संगीत दिएका छन् । संगीत संयोजन कोविद बज्रले गरेका छन् ।

युवराज वाइबाको निर्देशनमा बनेको म्युजिक भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय छ । उत्सव दाहालको सिनेमटोग्राफी र बिकाश दाहालले सम्पादन गरेको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...