झुप्रोबाट निस्केको संगीतको आवाजले सबैको मन जित्दै (भिडियो)



हाम्रो इकोनोमि

 

 

नेपाल आइडलको स्टेजमा आएर धेरैको मन जितेका प्रतिस्पर्धी मध्ये धनगढी अडिसनबाट आएका रवि ओड पनि एक हुन् । यतिबेला नेपाल आइडलको समीकरण फिनालेसम्म पुगिसकेको छ ।

फिनाले सम्म पुग्दा पुर्व झापाबाट दुइजना प्रतिस्पत्धि सुमित पाठक र अश्मिता अधिकारी,पश्चिम पोखराबाट बिक्रम बराल र सुदूरपश्चिम कंचनपुरबाट रवि ओड भाग्यमानी साबित हुँदै नेपाल आइडलको दाबेदार बनेका छन् ।

सुदूरपश्चिमको माटोमा संगीतको खोज्दै हुर्किएका रवि ओडलाई देश बिदेशमा बस्ने धेरै नेपालीले अथाह माया र समर्थन गरेका छन् ।

सामान्य परिवार, सानो झुप्रोमा बसेर छिमेकीको घरमा बजेको रेडियो र टेपबाट गीत सुन्दै सुन्दै गुनगुनाउदै गुनगुनाउदै ठुलो कलाकार बन्ने सपना देखेका रविलाई त्यो सपना साकार गर्ने सुनौलो अवसर छ ।

जसका लागि उनले चाहेर मात्रै की हुँदैन देश बिदेशमा बस्ने सबै नेपालीकाे साथ र सहयाेगकनाे निकै ठुलाे आवस्यकता रहेको छ । यतिबेला रविको आवाज संगसंगै उनको हृदयविदारक परिवेशले समेत धेरैलाई छोएको पाइन्छ ।

एउटा कुरा चै ढुक्कसँग भन्न सकिन्छ कि रविलाइ देश बिदेशमा रहने नेपलिने अन्य प्रतिस्पर्धीलाई भन्दा बढी समर्थन र सहयोग गरिरहेका छ ।

यो किरा कसरि प्रमाणित हुन्छ भने रवि नेपाल आइडलको गाला राउण्ड बाट फिनालेसम्म पुग्दा एकपटक पनि डेन्जर जोनमा नपरेका एक मात्र प्रतिस्पर्धी हुन् ।

यतिबेला नेपाल आइडलबाट बाहिरिएका केहि प्रतिस्पर्धीहरुले नेपाल आइडलमा भोट किन्दा ऋण लागेको कुरा खुलाशा गरिरहेका बेला रविलाई वने भोट किनेर नेपाल आइडल बनाउने अवस्था उनको परिवारमा नरहेको देखिन्छ त्यसैले पनि जनताको भोट बताई उनि आजसम्म नेपाल आइडलमा रहिरहेको देखिन्छ ।

सामाजिक संजालहरुमा पनि रवि ओड्को पक्षमा धेरैले आफ्ना धारणा हरु ब्यक्त गरिरहेका छन् । रविलाई समर्थन गर्ने धेरैल्रे भोट मागीरहदा सामाजिक संजालमा रविको गरिवी र पारिवारिक अवस्थाको कारण भोट पाइरहेको आरोप पनि धेरैको छ । तर रवि भने यो बिषयमा अनविज्ञ रहेका छन् । समर्थन र प्रतिक्रिया गर्नेहरुले आ आफ्नो तरिकाले गरिरहेका छन् । तर रविले अन्य प्रतिस्पर्धीले जस्तो घरको अथाह पैसा खर्च गरेर नेपाल आइडल बन्न परेको छैन न त उनको त्यो अवस्था नै छ ।

जसले जे जे कुरा गरेपनि रवि ओड नेपाल आइडलमा अत्यधिक रुचाइएका प्रतिस्पर्धी हुन् । र फिनालेसम्मको यात्रा हेर्ने हो भने देश विदेशमा बस्ने धेरैले माया साथ र समर्थन गरेको प्रतिस्पर्धी हुन् जुन कुरा उनले प्राप्त गरेको भोटको नतिजाले समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...