झुप्रोबाट निस्केको संगीतको आवाजले सबैको मन जित्दै (भिडियो)



 

 

नेपाल आइडलको स्टेजमा आएर धेरैको मन जितेका प्रतिस्पर्धी मध्ये धनगढी अडिसनबाट आएका रवि ओड पनि एक हुन् । यतिबेला नेपाल आइडलको समीकरण फिनालेसम्म पुगिसकेको छ ।

फिनाले सम्म पुग्दा पुर्व झापाबाट दुइजना प्रतिस्पत्धि सुमित पाठक र अश्मिता अधिकारी,पश्चिम पोखराबाट बिक्रम बराल र सुदूरपश्चिम कंचनपुरबाट रवि ओड भाग्यमानी साबित हुँदै नेपाल आइडलको दाबेदार बनेका छन् ।

सुदूरपश्चिमको माटोमा संगीतको खोज्दै हुर्किएका रवि ओडलाई देश बिदेशमा बस्ने धेरै नेपालीले अथाह माया र समर्थन गरेका छन् ।

सामान्य परिवार, सानो झुप्रोमा बसेर छिमेकीको घरमा बजेको रेडियो र टेपबाट गीत सुन्दै सुन्दै गुनगुनाउदै गुनगुनाउदै ठुलो कलाकार बन्ने सपना देखेका रविलाई त्यो सपना साकार गर्ने सुनौलो अवसर छ ।

जसका लागि उनले चाहेर मात्रै की हुँदैन देश बिदेशमा बस्ने सबै नेपालीकाे साथ र सहयाेगकनाे निकै ठुलाे आवस्यकता रहेको छ । यतिबेला रविको आवाज संगसंगै उनको हृदयविदारक परिवेशले समेत धेरैलाई छोएको पाइन्छ ।

एउटा कुरा चै ढुक्कसँग भन्न सकिन्छ कि रविलाइ देश बिदेशमा रहने नेपलिने अन्य प्रतिस्पर्धीलाई भन्दा बढी समर्थन र सहयोग गरिरहेका छ ।

यो किरा कसरि प्रमाणित हुन्छ भने रवि नेपाल आइडलको गाला राउण्ड बाट फिनालेसम्म पुग्दा एकपटक पनि डेन्जर जोनमा नपरेका एक मात्र प्रतिस्पर्धी हुन् ।

यतिबेला नेपाल आइडलबाट बाहिरिएका केहि प्रतिस्पर्धीहरुले नेपाल आइडलमा भोट किन्दा ऋण लागेको कुरा खुलाशा गरिरहेका बेला रविलाई वने भोट किनेर नेपाल आइडल बनाउने अवस्था उनको परिवारमा नरहेको देखिन्छ त्यसैले पनि जनताको भोट बताई उनि आजसम्म नेपाल आइडलमा रहिरहेको देखिन्छ ।

सामाजिक संजालहरुमा पनि रवि ओड्को पक्षमा धेरैले आफ्ना धारणा हरु ब्यक्त गरिरहेका छन् । रविलाई समर्थन गर्ने धेरैल्रे भोट मागीरहदा सामाजिक संजालमा रविको गरिवी र पारिवारिक अवस्थाको कारण भोट पाइरहेको आरोप पनि धेरैको छ । तर रवि भने यो बिषयमा अनविज्ञ रहेका छन् । समर्थन र प्रतिक्रिया गर्नेहरुले आ आफ्नो तरिकाले गरिरहेका छन् । तर रविले अन्य प्रतिस्पर्धीले जस्तो घरको अथाह पैसा खर्च गरेर नेपाल आइडल बन्न परेको छैन न त उनको त्यो अवस्था नै छ ।

जसले जे जे कुरा गरेपनि रवि ओड नेपाल आइडलमा अत्यधिक रुचाइएका प्रतिस्पर्धी हुन् । र फिनालेसम्मको यात्रा हेर्ने हो भने देश विदेशमा बस्ने धेरैले माया साथ र समर्थन गरेको प्रतिस्पर्धी हुन् जुन कुरा उनले प्राप्त गरेको भोटको नतिजाले समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको