नेकपामा धोवीघाटको कसरत, प्रचण्डले प्रधानमन्त्री पद हत्याउन खोजेको खुलासा
दुई तिहाई वहुमतका साथ सरकारको वागडोर सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार नढल्ने दावी गर्नु भएको घटनाले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ । आफू प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा नेपाल प्रहरीले माघ २९ गते आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो सरकार नढल्ने मात्र होइन, सुशासन र विकासका क्षेत्रमा धेरै काम गरेर मात्रै विदा हुने जनाउ समेत दिनु भयो । त्यति मात्र होइन त्यस अवसरमा सरकार नढल्ने कुरामा दृढता ब्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नु भएको थियो, ‘कसै कसैलाई नौ–नौ महिनामा सरकार परिवर्तन हुन्छ भन्ने लागेको होला, तर यो सरकार हट्नु भन्दा अगाडि धेरै कुरा थितिमा ल्याउँछ ।’
आखिर प्रधानमन्त्रीले सरकार नढल्ने कुराको किन ग्यारेन्टी जनाउँदै हिड्नु परिरहेको छ । पाँच वर्षका लागि गठन भएको दुई तिहाई वहुमतको स्थिर सरकारका प्रधानमन्त्रीले एक वर्ष पुगेकै वेला सरकार नढल्ने कुरामा आश्वस्त गराएको घटनाले यो सरकार विरुद्ध ठूलै घेरावन्दीमा भइरहेको आभाष हुन्छ । किनभने प्रधानमन्त्रीले सरकार नढल्ने कुरामा आश्वस्त गराउनु अघि गृहमन्त्री रामबहादुर थापा बादलले सरकार ढाल्नका निम्ति डरलाग्दो षडयन्त्र भइरहेको खुलासा गरेको थिए ।
सरकारका गृहमन्त्री थापाले सरकार ढाल्न डरलाग्दो षडयन्त्र भइरहेको खुलासा गरेकै अवस्थामा प्रधानमन्त्रीले घुमाउरो ढंगले कसैलाई नौ–नौ महिनामा सरकार परिवर्तन हुन्छ भन्ने लागेको होला भन्दै दनक दिएको घटनाले यो सरकारलाई सहज ढंगले अघि बढन नदिन नेकपा भित्रैबाट चलखेल भइरहेको विश्लेषण हुन थालेको छ । कतिपयले यसलाई नेकपा भित्र अर्को धोवीघाट काण्ड घट्न लागेको संकेतका रुपमा समेत बुझ्न थालेका छन् । किनभने तत्कालिन नेकपा माओवादीमा विकसित भएको आन्तिरिक राजनीतिक घटनाक्रमले डा.बाबुराम भट्टराई प्रधानमन्त्री बनाउन पुष्पकमल दाहाल प्रचण्ड वाध्य भएका थिए ।
त्यतिवेला २०६८ साल असार २८ गते तत्कालिन माओवादी नेताहरु डा.भट्टराई, मोहन बैद्य, नारायणकाजी श्रेष्ठ लगायतका एउटा मोर्चामा उभिएर धोवीघाटस्थित सिद्धार्थ फूडल्याण्डमा भेला गरेपछि पार्टी फुट्नबाट जोगाउन प्रचण्डले बाबुरामलाई प्रधानमन्त्री बनाउने पत्रमा हस्ताक्षर गर्नुभएको थियो । नेपाली राजनीतिमा धोवीघाट काण्डका नामले चिनिने त्यो श्रृखला अहिले नेकपामा लागू हुन लागेको संकेत मिन्न थालेको छ । धोवीघाट भन्दा थोरै मात्र टाढा रहेको ललिलपुर हरिसिद्धिमा बस्ने नेकपाका नेता नारायणकाजी श्रेष्ठको निवासमा बसेको बैठकपछि सरकारलाई घेरावन्दीमा पार्ने काम भएको बुझाई नेकपामा बढ्दै जान थालेको छ ।
अमेरिकाले भेनेजुएलामा गरेको हस्तक्षेपमाथि समीक्षा गर्न बसेको उक्त बैठकमा प्रधानमन्त्री ओलीसँग नजिक रहेका नेताहरुलाई वोलाइएको थिएन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ सम्मेलित उक्त बैठकले अमेरिकी हस्तक्षेप विरुद्ध कडा बक्तब्य दिएको थियो । उक्त बैठकमा सचिवालय सदस्य र कार्यबहाक प्रधानमन्त्री समेत समेत रहेका ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, र महासचिव विष्णु पौडेललाई नवोलाउनुका पछाडि योजनावद्ध कारणहरु रहेको घट्नाक्रमले पुष्टि गर्दै लगिरहेको छ ।
त्यसमाथि वैठक पार्टी कार्यालयमा बस्नुपर्ने अडान राख्दै आएका नेता नेपालले भेनेजुएलाको बक्तब्य दिने वैठक वस्न किन नेताको घर रोजे भन्ने प्रश्न पनि पेचिलो बनिरहेको छ । त्यति मात्र होइन, बक्तब्य दिनु अघि डाभोस सम्मेलनमा स्वीजरल्याण्डमा रहेका प्रधानमन्त्री ओलीसँग कुनै सरसल्लाह नै भएन ।
भर्खरै मात्र भेनेजुएला पुगेर फर्किएका नेता बामदेव गौतम निकटस्थ वलराम बाँस्कोटाको सल्लाहमा विदेश विभाग प्रमुख रहेका माधव नेपालले बक्तब्यको मस्यौदा तयार गरी प्रचण्डले हस्ताक्षर गरेका थिए । जवकी सचिवालयको काम गर्ने जिम्मा तोकिएका महासचिव विष्णु पौडेलले समेत बक्तब्य पार्टी अध्यक्षका नाममा बक्तब्य जारी भएको मिडियाबाट थाहा पाए । यो कदमलाई पार्टीमा अध्यक्षकै गुटवन्दी भन्ने कोणबाट व्याख्या भइरहेको छ ।
प्रधानमन्त्री विदेश भ्रमणमा भएको अवस्थामा कुनै सरसल्लाह नगरी हतारहतारमा कोठे बैठक गररेर बक्तब्य जारी गर्नुका पछाडि दुईटा कारणले काम गरेको नेकपा स्रोत बताउँछ । त्यसमा भारतको विरोध गर्ने नाममा प्रधानमन्त्री ओली एकसाथ चाइना र अमेरिकाको नजिक पुगेको माधव नेपाल पक्षधरको बुझाई छ । भेनेजुएला प्रकरणमा भारत अहिले राष्ट्रपति निकोलस मदुरोको पक्षमा अर्थात अमेरिकाले खडा गरेको समानन्तर राष्ट्रपतिको पक्षमा छैन ।
अमेरिकाले भेनेजुएलामाथि हस्तक्षेप गरि प्रधानमन्त्री ओली अमेरिकीकै प्रभावमा रहेको विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन अर्थ मन्त्री, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई साथमा लिएर गएका थिए । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई अमेरिका पठाएर ठूलै लगानी भित्र्याउन लागेका प्रधानमन्त्री ओली उतै डाभोस तिरै रहेका वेला यता भेनेजुएला नामको बम पड्काउदै चिनियाँलाई समेत साथमा लिएर प्रधानमन्त्री ओलीले अमेरिकीसँग विकास गरेको सम्वन्धमा ब्रेक लाग्ने देखियो ।
अर्को पार्टी स्थायी समितिले बैठकपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच वेस्सरि कसिदै गएको लगन गाँठो फुकाउनु थियो । यो योजनामा हरिसिद्धिको त्यो बैठक कामयावी बनेको बताइएको बताइएको छ । किनभने उपनिर्वाचन प्रकरणमा आफूलाई सहयोग नभएको भन्दै ओलीसँग सम्वन्ध विच्छेद गरेका नेता गौतमले प्रचण्डलाई आफूलाई जस्तै ओलीले धोका हुने काम गर्न भ्याइसकेको समाचार स्रोतको दावी छ । प्रचण्ड पनि पाँच वर्षे प्रधानमन्त्रीको कार्यकाल आधा–आधा बाड्नु पर्ने अडानमा छन् ।
प्रधानमन्त्रीको पद हत्याउन प्रचण्डले प्रधानमन्त्री ओलीलाई माधव नेपालसँग मिलेर अध्यक्ष र प्रधानमन्त्री मध्य एउटा पद छोड्न बाध्य नपर्ला भन्न सकिन्न । त्यसको संकेतका रुपमा प्रचण्ड निकट नेताले बोल्ने भाषाबाट थाहापाउन सकिन्छ । किनभने निकट नेता मणी थापाले प्रचण्ड विनाको नेतृत्वबाट समृद्धि नआउने र अर्का नेता देवेन्द्र पौडेलले अमेरिकाले प्रचण्डलाई बोलाई सक्यो भन्न भ्याइ सकेका छन् ।
प्रकाश साप्ताहिकबाट