भ्यालेनटाइन डे मा पत्नी राधिकालाई के भनेर हँसाए प्रधानमन्त्री ओलीले



हाम्रो इकोनोमि

 

विश्वले आज प्रणय दिवस अर्थात भ्यालेनटाइन डे मनाईरहेको छ । भनिन्छ, माया गर्ने यो दिन त केवल विश्वलाई देखाउने एक बहाना हो, सच्चा माया गर्नेको हरेक दिन भ्यालेनटाइन डे हुन्छ । पश्चिमी सस्कृति अनुसार मनाइने यो डे नेपालमा पनि युवा पिढीमा निक्कै लोकप्रिय छ । आजको दिन विशेष गरी मायाको बारेमा कुरा गरिन्छ ।

 

यसै दिनको मेसो पारेर हामीले प्रधानमन्त्री केपी शर्मा ओली र उहाकी श्रीमति राधिका शाक्यबीच केही मायाका विषयमा खोज्ने प्रयास गरेका छौं । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक पार्न दैनिक मध्यरात एक दुई बजेपछि मात्रै सुत्ने प्रधानमन्त्री ओलीलाई कसरी सहयोग गरिरहनु भएको छ । यस विषयमा जान्ने प्रयास गरेका थियो । यसविषयमा प्रधानमन्त्रीले दिल खोलेर आफ्ना कुरा राख्नु भएको छ । उहालाई प्रश्न थियो-

 

तपाईको दैनिक जिवनमा तपाईकी श्रीमति राधिका शाक्यको कस्तो सहयोग छ ?

प्रधानमन्त्री ओली – सहयोगी र व्यक्तिगत तवरमा मेरा कामहरु प्रति मेरो कार्यशैलीले पुगेका असुविधाप्रति अत्यन्तै समझदारी राखेर सहिष्णुता देखाएर नत्र भने एक बजे दुई बजे (रातको) कहिले काही त तीन बजे सुत्ने, खाने कुराको त टुंगो नै छैन । कहिले काही बेलुकाको नौ दश बजेपनि खान सक्छु नत्र भने ११, १२ नै बज्छ ।

 

कहिले कहिले एक बज्छ बेलुकाको खाना खाने कुरामा । त्यस्तो कुरालाई पनि सहेर सहयोग गर्ने अत्यन्त समझदार भुमिका मेरो श्रीमतिको रहेको छ, सहयोगी भूमिका रहेको छ । सहयोगी मात्रै होइन् की यसमा समझदारीको पनि सहनशिलताको पनि ठुलो कुरो छ । म कहिले कहिले विचार गर्छु, र भन्छु– यसरी खाना खुवाउन राति अबेला मध्यरातमा पर्खनु, खाना ठिक गरेर बस्नु पर्दैन ।

 

राखिदिनु जतिबेला हुन्छ खान्छु भन्छु । तर पनि त्यो उनलाई अलिक चित्त बुझ्दैन । त्यसकारण उनले स्वास्थ्यमा ख्याल राख्ने र स्वास्थ्यका लागि नै चिन्ता गर्ने त्यसमै सुझाव, सल्लाह र टिप्पणी गर्ने, मेरो काममा पुरा सहयोगीको भूमिका निभाउने गर्दछिन् ।

 

 

सहयोगी मात्रै होइन् की यसमा समझदारीको पनि सहनशिलताको पनि ठुलो कुरो छ । म कहिले कहिले विचार गर्छु, र भन्छु– यसरी खाना खुवाउन राति अबेला मध्यरातमा पर्खनु, खाना ठिक गरेर बस्नु पर्दैन । राखिदिनु जतिबेला हुन्छ खान्छु भन्छु । तर पनि त्यो उनलाई अलिक चित्त बुझ्दैन । त्यसकारण उनले स्वास्थ्यमा ख्याल राख्ने र स्वास्थ्यका लागि नै चिन्ता गर्ने त्यसमै सुझाव, सल्लाह र टिप्पणी गर्ने, मेरो काममा पुरा सहयोगीको भूमिका निभाउने गर्दछिन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...