प्रधानमन्त्री ओलीले गरे पानीजहाज कार्यालयको उद्घाटन



हाम्रो इकोनोमि

 

सरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ ।   ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री केपी ओलीले बिहीबार पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् ।  एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ ।

 

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् ।

कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

 

पानीजहाज कार्यालयको उद्घाटनमा मन्त्रीको ‘मोबाइल प्रेम’!

 

सरकारले ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको स्थापना गरेको । यसअघि चक्रपथ सुधार आयोजनाको कार्यालय रहेको भवनमा नेपाल पानीजहाज कार्यालय राखेको हो ।

 

कार्यालयको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री रवीन्द्र अधिकारीलगायत सहभागि भएका छन् ।  कार्यक्रम सुरु हुन केहीबेर अघि कार्यक्रमस्थल पुगेका मन्त्री महासेठ, ज्ञवाली र अधिकारी मोवाइल फोनमा व्यस्त देखिन्थे ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...