प्रधानमन्त्री ओलीले गरे पानीजहाज कार्यालयको उद्घाटन



हाम्रो इकोनोमि

 

सरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ ।   ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री केपी ओलीले बिहीबार पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् ।  एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ ।

 

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् ।

कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

 

पानीजहाज कार्यालयको उद्घाटनमा मन्त्रीको ‘मोबाइल प्रेम’!

 

सरकारले ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको स्थापना गरेको । यसअघि चक्रपथ सुधार आयोजनाको कार्यालय रहेको भवनमा नेपाल पानीजहाज कार्यालय राखेको हो ।

 

कार्यालयको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री रवीन्द्र अधिकारीलगायत सहभागि भएका छन् ।  कार्यक्रम सुरु हुन केहीबेर अघि कार्यक्रमस्थल पुगेका मन्त्री महासेठ, ज्ञवाली र अधिकारी मोवाइल फोनमा व्यस्त देखिन्थे ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...