उपप्रधानमन्त्री उपेन्द्र यादवकी बुहारीको निधन



हाम्रो इकोनोमि

 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवकी क्यान्सर पीडित बुहारीको भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ । क्यान्सर पीडित मनिषा यादवको उपचार लामो समयसम्म दिल्लीमा भइरहेको थियो । विवाहलगतै उनी विरामी भएपछि उनलाई दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ डेढ वर्षसम्म उपचार चलेको थियो ।

 

विरामी शुरु भएपछि ६ दिनअघि उनलाई क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले २०७२ वैशाख २९ गते सप्तरी बथनाह–१ का शशीकुमार र शोभा यादवकी छोरी मनिषा यादवसँग आफ्नो छोरा अमरेन्द्र यादवको विहे गरी बुहारीका रुपमा भित्र्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...