घुससहित पक्राउ परेका असई अख्तियारको नियन्त्रणबाट फरार



हाम्रो इकोनोमि

 

महोत्तरीमा घुुस रकमसहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक अख्तियारको नियन्त्रणबाट भागेका छन् । औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिए पनि भागेका हुन् ।

 

मंगलबार दिउँसो उनलाई अख्तियारको बर्दिबासस्थित कार्यालयबाट गएको ५/६ जनाको टोलीले नवदुर्गा सःमिलबाट नियन्त्रणमा लिएको थियो । तर उनी अख्तियार टोलीलाई छलेर भागेका हुन् ।

 

महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भागेका असईको खोजी भइरहेको बताएका छन् । ‘असईको खोजीमा हामीले प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेका छौं, अन्य कुरा अख्तियारले बताउला’ उनले भने ।

 

स्रोतका अनुसार असई साहलाई पक्राउ गर्न अख्तियारको टोली बर्दिबासबाट औरही आएको जानकारी पाएपछि उनी नजिकैको स:मिलमा गएका थिए । प्रहरीले स:मिलमै गई त्यसका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई पक्राउ गरेर प्रहरी चौकीतर्फ ल्याउने क्रममा स्थानीयले अवरोध गरेका थिए । त्यही क्रममा दुबै जना फरार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...