बिहे गरे २६ लाख, बच्चा जन्माए ऋण मिनाहा



हाम्रो इकोनोमि

 

धेरैजसो देशले जनसंख्या वृद्धिलाई रोक्न प्रजनन दर घटाउने रणनीति अंगिकार गरेका छन् । तर, यो संसारमा एउटा यस्तो देश पनि छ जसले तीन बच्चा जन्मिए २६ लाख रुपैयाँसम्मको ऋण मिनाहा र चार बच्चा जन्माउने महिलालाई जीवनभर आयकर छुट दिने घोषणा गरेको छ । हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले आप्रवासी जनताको परनिर्भरता घटाउन र देशको भविष्य जोगाउन भन्दै यस्तो घोषणा गरेका हुन् ।

 

हंगेरीको जनसंख्या हरेक वर्ष ३२ हजारको दरले घटेको छ र युरोपेली संघको तुलनामा यहाँका महिलाहरुको बच्चाको औसत संख्या कम छ । देशमा बच्चाहरुको जन्मदर बढाउने योजनाको घोषणा गर्दै प्रधानमन्त्री भिक्टर अर्बनले नवविवाहित दम्पत्तिलाई बिनाब्याज २६ लाख रुपैयाँसम्मको ऋण दिने र उनीहरुका तीनवटा बच्चा जन्मिनासाथ ऋण मिनाहा गरिदिने बताएको बीबीसीले जनाएको छ ।

 

प्रधानमन्त्री अर्बनले भनेका छन् पश्चिम देश आप्रवासीहरुलाई कम जनसंख्याको समस्याको रुपमा हेर्दछन् । तर पलायन भएका प्रत्येक बच्चाका लागि एक बच्चा आउनु जरुरी छ । यसरी जनसंख्या ठीक ठाउँमा आउँछ । उनले भनेका छन्– हंगेरीका जनता दोस्रो तरिकाले सोच्दछन् । हामीलाई संख्याको होइन, नागरिकको आवश्यकता छ ।

 

नीतिको विरोध

प्रधानमन्त्रीले यस कुराको घोषणा गरिरहेको बेला राजधानी बुडापेस्टमा यसविरुद्ध आक्रोश देखिएको थियो । उनको कार्यालय अगाडि करिब दुई हजार प्रदर्शनकारी भेला भएर घोषणा फिर्ता लिन माग गरिरहेका थिए । राजधानीको अन्य क्षेत्रमा पनि यसविरुद्ध आन्दोलन भइरहेको थियो ।

 

समाचारका अनुसार प्रधानमन्त्री भिक्टरको भाषणले सबैभन्दा धेरै प्रशंसा त्यतिबेला भयो जब उनले जन्मदर बढाउनका लागि सात सूत्रीय योजना घोषणा गरे । उनको योजनाका केही बुँदाहरु यस्ता छन्–

 

· आगामी तीन वर्षमा २१ हजारभन्दा बढी शिशु कक्षा स्थापना गरिने छ ।

· स्वास्थ्य क्षेत्रमा थप २.५ अर्ब डलर खर्च गरिने छ ।

· सात सिट क्षमताको गाडी किन्नेहरुलाई सरकारले सहयोग गर्ने छ ।

· घर बनाउन अनुदान दिइने छ ।

 

प्रधानमन्त्री भिक्टरले आफ्नो सम्बोधन ‘हंगेरी जिन्दावाद, हंगेरीका जनता जिन्दावाद…’ नाराबाट अन्त्य गरेका थिए ।

हंगेरीमा महिलाहरुको औसत १.४५ बच्चा छन् जुन युरोपेली संघको औसत १.५८ भन्दा कम हो ।

युरोपेली संघ अन्तर्गत फ्रान्सका महिलाहरुको सबैभन्दा बढी औसत १.९६ बच्चा छन् भने स्पेनमा सबैभन्दा कम १.३३ बच्चा छन् ।

विश्वभरमा सबैभन्दा धेरै प्रजनन दर पश्चिम अफ्रिकी मुलुक नाइजरमा छ । यहाँ प्रतिमहिला ६.२४ बच्चा छन् ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...