नेपाल र होन्डुरसका नागरिकद्वारा अमेरिकामा ट्रम्पविरुद्ध मुद्दा दायर



हाम्रो इकोनोमि

 

नेपालीसहित अप्ठेरोमा परेका विभिन्न देशका नागरिकलाई अमेरिकाले उपलब्ध गराउँदै आएको टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) प्रणाली अमेरिकाले खारेज गरेको सन्दर्भमा नेपाल र होन्डुरसका केही आप्रवासीले अमेरिकी अदालतमा मुद्दा दायर गरेका छन् । एशोसिएट प्रेस (एपी) ले जनाएअनुसार दुई देशका ६ जनाले सान फ्रान्सिस्कोस्थित संघीय अदालतमा सोमबार यससम्बन्धी मुद्दा दर्ता गरेका हुन् ।

 

मुद्दा दर्ता गर्नेमा अमेरिकामानै जन्मेका दुईजना बच्चासमेत रहेका छन् । सन् २०१५ को भूकम्पपछि अप्ठेरोमा परेका नेपाली नागरिकलाई अमेरिकाले टीपीएस अन्तर्गत सहज रुपमा अमेरिका जाने मौका दिएकोमा नेपालीका लागि दिइएको सो सुविधा जुन २०१९ बाट अमेरिकाले रद्ध गरेको थियो ।

 

होन्डुरसकालाई भने सन् १९९९ बाट त्यहाँको आँधीका कारण दिइएको सुविधा जनवरी २०२० देखि सकिने जनाइएको छ ।  दुई देशका आप्रवासीले अमेरिकी अदालतमा दायर गरेको मुद्दामा अमेरिकी नीतिले जातीय विभेदलाई बल पुर्याएको दाबी गरिएको छ । सो सुविधा पाउने देशका नागरिकले अमेरिकामा बस्न र काम गर्न पाउँथे । अमेरिकाले पछिल्लो समयमा आएर सम्बद्ध देशको अवस्थामा सुधार आएको भन्दै टीपीएसको नीति खारेज गरेको थियो ।

 

यद्यपि यसअघि परेको एउटा मुद्दामा त्यहाँको अदालतले एलसाल्भाडोर, हैटी, निकारागुवा र सुडानका करिब ३ लाख मानिसलाई दिइएको सो सुविधा रोक्ने अमेरिकी प्रशासनको नीतिलाई निस्तेज गरिदिएको थियो । तर गएको अक्टोबरमा भएको सो आदेशमा होन्डुरस र नेपालका कैयौं मानिसहरु भने परेका थिएनन् ।

सोमबार दर्ता गरिएको मुद्दामा टीपीएस सुविधा अन्तर्गत अमेरिकामा बस्ने नेपाली र होन्डुरसका नागरिकको संख्या ५० हजार भन्दा बढी भएको जनाइएको छ । ती मध्ये थुप्रै विद्यालय पढ्ने केटाकेटी रहेको दाबी गरिएको छ ।  त्यस्तो सुविधा लिने नेपालीको संख्या करिब १५ हजार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...